परेवा खबर संवाददाता
पाल्पाको रामपुर नगरपालिका वडा नं ५,६,७ र ३ का ७० जना युवाहरु नेकपा प्रवेस गरेका छन् ।
नगरपालिका भित्र काँग्रेसले गरेको एकलौटी व्यक्तिवादी सोच र प्रवृतिका कारण आफुहरू नेकपा प्रवेश गरेको र आगामी दिनहरूमा नेकपामा सक्रियताका साथ अगाड़ी बढ़ने प्रण नव प्रवेशी युवाहरुले गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नगर कमिटी अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रदेस सभा सदस्य एवं नेकपा जिल्ला अध्यक्ष नारायण आर्चाय,प्रदेश सभा सदस्य युवराज खनाल संविधानसभा एवं प्रदेश कमिटी सदस्य राधाकृष्ण कंडेल,नेकपा जिल्ला कमिटी सदस्य एवं रामपुर नगरकमिटी ईन्चार्ज राजु श्रेष्ठ लगाएतका नेताहरुले नब प्रबेशीहरुलाई खादा माला लगाएर सम्मान तथा स्वागत गर्नुभएको थियो।

नेकपा मा पछिल्लो समयमा देखिएको केही मतभेद मिलिसकेको र पार्टी एक जुट र एक ढिक्का भई अघि बढिसकेको हुनाले नेताहरुले युवाहरुलाई ढुक्क भई आफ्नो कार्यमा लाग्न र जिम्मेवारी बहन गर्न आग्रह गर्नु भएको थियो । उक्त पार्टी प्रवेस कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य कमल सेनले गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय