काठमाडौं। पोखराका विभिन्न ठाउँमा अविरल वर्षापछि गएको पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका-१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा पुरिएर थापासहित पाँच जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठका अनुसार थापाकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको मृत्यु भएको हो।
 
त्यसैगरी पोखरा महानगरपालिका-२५ हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा उनकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै पोखरा महानगरपालिका-२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ।

पोखरा-१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन्। कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या सात जना पुगेको हो भने १० जना अहिलेसम्म घाइते भएको पुष्टि भएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय