रामपुर(पाल्पा),२३असार    बन्दना पोखरेल

सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा रहेको पाल्पा रामपुरको तालपोखराको यस आर्थिक वर्षमा भएका कामको पत्रकार सम्मेलन गरी आम्दानी खर्च सार्वजनिक गरिएको छ । समितिका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा एक कार्यक्रम गरी पत्रकार सम्मेलनमार्फत आम्दानी र खर्च सार्वजनिक गरिएको हो ।

तालपोखरा संरक्षण समितिका उपाध्यक्ष पुरुषोत्तम ढकालले सहभागीलाई स्वागत गदै आम्दानी खर्चबारे जानकारी गराउनुभएको छ । पर्यटकीय क्षेत्र स्तरोन्नतीका लागि आर्थिक वर्ष २०७६÷०७७ मा पर्यटन विभागबाट रु २३ लाख ९८ हजार सात सय ८७ र रामपुर नगरपालिकाबाट प्राप्त चार लाख ३७ हजार नौ सय तीन रकम गरी जम्मा रु २८ लाख ३६ हजार ६९० रकम प्राप्त भएको थियो । जसमा तालपोखराको बाहिरी भागमा करिव पाँच सय ५० मिटर लम्बाई र दुई मिटर २० सेन्टिमिटर चौडाई  सहितको क्षेत्रफलमा टायल लगाउने, मर्मत सम्भारका काम गरिएको छ । गत बर्षको करिव साढे ४ लाख बरावरको अन्य सामानहरु (कच्चा पदार्थ) स्ट्रक रहेको र सो समेत प्रयोग गर्दा यस वर्षको वजेटमा  १९ लाख १६ हजार  ३३६ रकम खर्च भएको हो । अध्यक्ष देवकोटाका अनुसार ९ लाख २० हजार ३ सय २४ बचत समेत रहेकोे छ ।

रामपुर नगरपालिका वडा नं ६ का अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले तालको स्तरोन्नतीका लागि नगरपालिकाले वजेट विनियोजनामा प्राथमिकता दिएको बताउँदै आगामी दिनमा पनि सहयोग निरन्तर गरिरहने बताउनुभयो । उहाँले समितिले बन्दाबन्दीका समयमा पनि निरन्तर काममा खटिएको र केही रकम कोषमा वचत गर्न सफल भएकोमा धन्यवाद दिनुभयो । तालपोखरा पार्कमा भएको कार्यक्रमको संचालन सचिव सुनिल देवकोटाले गर्नुभएको हो ।

तालपोखरा कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै केही समय बन्द गरियो । अहिले तालपोखराको परिसर भने सर्वसाधारणका लागि खुल्ला गरिएको छ । तालपोखरा परिसर तथा पार्कमा रमाउने र फोटो खिचाउने युवायुवतीको जमघट बढ्दै गएको छ । यहाँ हाल दैनिकजसो ५० देखि ६० को हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको समितिका सचिव सुनिल देवकोटाले जानकारि गराउनु भएको छ ।

समितिको नाममा करिव ६६ रोपनी जग्गामध्ये ताल ४८ रोपनी क्षेत्रफलमा तालपोखरा फैलिएको छ भने पानीको भाग ४४ रोपनी रहेको छ । आ.व. २०७७÷०७८ का लागि तालपोखरा पर्यटकीय स्तरोन्नती शीर्षकमा पर्यटन बोर्डबाट रु ५० लाख रकम प्राप्त भएको छ । सो रकम बाल बगैचा, बनभोजस्थल सुधार, विवाह मण्डव बनाउने योजना छ । समितिको गुरुयोजना अनुसार करिव रु तीन करोड जति यसको स्तरोन्नती तथा विकासमा खर्च लाग्ने अनुमान छ ।

वर्षादको पानी जम्मा हुने सामान्य पोखरीलाई तालको रुपमा विकास गर्न विसं २०६६ सालमा श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञ आयोजना गरियो । सो महायज्ञमा जिन्सी र नगद गरी साढे दुई करोड सहयोग सङ्कलन भएपछि फागुनबाट तालपोखराको विकासको काम अगाडी बढाइएको हो । वर्षायाम सकिए लगत्तै पोखरीको पानी सुकाएर चारैतिर चार सय ५० मिटर क्षेत्रफलमा पर्खाल लगाउने योजना छ ।

मानब निर्मीत कृतिम यो ताल व्यवस्थापनकालागि नेपाल सरकार पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन विभाग काठमाडै बाट २५ लाख रुपया विनियोजित गरिएको थियो भने रामपुर नगरपालिका बाट ५ लाख विनियोजन करिएको हो । यहि २०७६ चैत्र ०२ गते सम्झैता गरिए पछि काम सुरु भएको ताल पोखरा पर्यटकिय र्पुवाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष सागर प्रसाद देवकोटाले बताउनु हुन्छ । कोभिड १९ का कारण बन्दा बन्दिका बाबजुद छोटो समयमा काम सम्पन्न गर्न सकेकोमा सहयोग गर्ने सवैलाई धन्यवाद समेत अध्यक्ष देवकोटाले दिनु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय