कोभिड(१९ जस्तो रोगको उदय हुनुमा उनीहरूले मानिसमाझ रहेको जनावरको मासुप्रतिको बढ्दो माग, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको उनीहरूले बताएका छन्।

बेवास्ता नगर्न चेतावनी
राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले मानव, जनावर तथा वातावरणीय स्वास्थ्यबीच तादात्म्य हुनुपर्ने बताएको छ।

बेवास्ता गरिएका जुनोटिक भनिने जनावरबाट सर्ने रोगले हरेक वर्ष बीस लाख मानिसको ज्यान गइरहेको बताएको छ।

बीबीसी का अनुसार इबोला, वेस्ट नाइल फिभर, सार्स र अनि यो कोभिड(उन्नाइस सबै जुनोटिक वा जनावरबाट सरेका रोग हुन्। यी रोग आफैँ जनावरबाट मानिसमा सर्दैनन्। जनावरको मासुको माग, बदलिँदो कृषि अभ्यास तथा जलवायु परिवर्तन यिनका कारक भएको सो प्रतिवेदनले जनाएको छ।ू

कोभिड(उन्नाइसको महामारीले आगामी दुई वर्षभित्र विश्व अर्थतन्त्रमा ९० खर्ब डलरको नोक्सानी पुर्‍याउने बताइएको छ।

के भन्छन् विज्ञहरू
जनावरबाट मानिसमा रोग आफै सर्दैन।
राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले तयार पारेको प्रतिवेदनले त्यस्तो रोग सार्न प्रकृतिलाई क्षयहुने मानवीय गतिविधिलाई कारक ठानेको छ।

उदाहरणका लागि भूक्षय, वन्यजन्तुको दुरुपयोग, स्रोतको जथाभावी दोहन तथा जलवायु परिवर्तनका कारण मानव जाति र जनावरबीचको अन्तरसम्बन्ध परिवर्तित भएको प्रतिवेदनले जनाएको छ। Source : BBC

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय