बन्दना पोखरेल
रामपुर पाल्पा
क्वाङ्ग क्वाङ्ग लिप्टीङ् खानेपानि आयोजनाको आज सिलन्यास गरिएको छ । प्रदेश ५ सरकारको समपुरक वजेट अन्तरगत यो काम सुरु गरिएको हो ।
प्रदेश सरकारको २५ लाख र रामपुर नगरपालिकाको २५ लाख बजेटमा यो सुरु गर्न लागिएको हो । रामपुर नगरपालिका वडा न १मा सन्चालन हुनलागेको यो कार्यक्रममा ५० लाखको टेन्डर आवाहान भएको हो ।
जसमा मन्जरि कन्स्ट्रक्सन प्रालि रामपुरलाई ४७ लाख ३२ हजार ३सय ३८ रुपया ५५ पैसा मा ठेक्का परेको हो । असारको अन्तिममा आएर गरिएको सिन्यास कति प्रभाबकारि हुने भन्ने भने प्रश्न नै छ । चाङ्गखोलामा बाधँ बाधेर फुकलडाडाँमा ५०हजार लिटरको टकिं निर्माण हुने वडाध्यक्ष मित्रलाल कडेंले जानकारि दिनुभएको छ ।
५सय १० मिटर तल बाट लिफ्ट गरि १५० घर धुरिलाई पानि खुवाउने लक्ष्य रहेको छ । यस खानेपानी आयोजना सम्पन्न हुन ९८ लाख लाग्ने स्टमेट नगरपालिकाले गरेको छ । घण्टौँ सम्म पानिका लागि र्कुनु पर्ने र कुवा खोल्सा खोल्सिमा जानु पर्ने बाध्यता हट्नेमा स्थानिय आशाबादी भएका छन् । आयोजनाको सिलन्यास वडाध्यक्ष मित्रलाल कडेंलले गर्नू भएको हो । कार्यक्रमको सन्चालन वडा सचिव तारानाथ पोखरेलले गर्नु भएको हो ।