बन्दना पोखरेल रामपुर ।

 गरिब तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरर्गत जिल्लाको निस्दी गाउँपालिकाले विपन्न परिवारलाई माउ बाख्रा वितरण गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी अर्यालले गाउँपालिकाको वडा नम्बर ४ मित्यालको भिरपानमा विपन्न परिवारलाई बंगुरका पाठा वितरण गर्नुभएको हो । अर्यालले विपन्न परिवारको आयआर्जनमा वृद्धि गर्न उद्धेश्यले बंगुरका पाठा वितरण गरिएको बताउनुभयो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरर्गत ६० घर परिवारका लागि १२० बाख्रा र ५ वटा बयर जातका बोका  वितरण गरिएको गाउँपालिकाका पशु शाखा संयोजक ओम बहादुर मश्राङगीले जानकारी दिनुभयो ।

निस्दीमा गत वर्षदेखि सञ्चालन भएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरर्गत यहाँका गरिब तथा विपन्न परिवारलाई आयआर्जनको लागि विभिन्न आयमुलक कार्यक्रम गर्दै आएको सामाजिक परिचालक पुष्पा कुँवरले बताउनुभयो। ५ नम्बर प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम, निस्दी गाउँपालिकाको आयोजना तथा पशु शाखाको सहजीकरणमा सहारा ग्रामीण विकास समिति मित्यालमार्फत पाठा वितरण गरिएका हुन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय