रामपुर पाल्पा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत खरको छानो बिस्तापित गर्ने योजनामा पाल्पा क्षेत्र न १ मा परेको घर संख्याका बारेमा आफ्नो सामाजिक सन्जाल फेसबुक मा संघिय संसद दल बहादुर रानाले जानकारि गराउनु भएको छ ।

उहाँका अनुसार सुरक्षित नागरिक आबास कार्यक्रम ९ खरको छानो बिस्थापित गर्ने० अन्तरगत संघीय सरकारले शहरी विकास मंत्रालय बाट पाल्पा क्षेत्र नं १ मा स्थानीय तहलाई संख्यामा कोटा बितरण गरेको ब्यहोरा जानकारी गराउन चाहन्छु ।

१०रामपुर नगरपालिका ९१६१ घर २० निस्दी गाउपालिका९ १५८ घर ३० पूर्ब खोला गाउपालिका९ १४६ घर ४० रम्भा गाउपालिका ९ १३३ घर ५०माथा गढी गाउपालिका ९१४० घर ६० तानसेन नगरपालिका ८९ ७७ घर ७० तिनाउ गाउपालिका ५९ ८२ घर घरहरु छनोट को काम सम्बन्धित निर्बाचन क्षेत्र को प्रत्यक्ष निर्वाचित सांसद को अध्यक्षतामा बसेको बैठकले गर्ने र निर्धारित कोटा बढि भएमा सोही निर्बाचन क्षेत्र मा समायोजन हुने गरि कार्यबीधी तयारीको चरणमा रहेको भन्ने बुझिएको छ । यो सव उहाँको सामाजिक सन्जाल फेसबुक बाट साभार गरीएको हो ।

नेपाल सरकारले गरिबलाई घर दिने उद्देश्यले थालिएको जनता आवास कार्यक्रम अन्तरगतको कार्यक्रम हो यो । संघीय सरकारले आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुुदायका लागि प्रत्येक वर्ष २० हजार आवास निर्माण गर्ने लक्ष्यका साथ सुभारम्भ भएको जनता आवास कार्यक्रममा आवासहीनलाई घर उपलब्ध गराउने उद्देश्यले २०६६र६७ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सुरु भएको कार्यक्रम हो । सिरहा, सप्तरी र कपिलवस्तुबाट प्रतिवर्ष एक÷एक हजार घर निर्माण गर्ने लक्ष्यका साथ जनता आवास कार्यक्रम थालिएको थियो। पाल्पामा भने यो पहिलो पटक परेको बताउनु हुन्छ । तिन तहले यो कार्यक्रम ल्याउदा खरको छानो छिटै विस्तापित हुन्छ भन्नु हुन्छ संघिय सांसद दल बहादुर राना ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय