पाल्पाको रामपुरमा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भैरहवा स्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

आज थपिएको ७४ जना मध्ये रामपुर नगरपालिका वडा नं १ को पन्थेस्थित चन्द्रोदय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ७ जना, वडा नं ३ को रजघरास्थित जनविकास माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १२ जना, वडा न ६ को विजयपूरस्थित दरैंठाँटी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ३२ जना, वडा नं ८ एक्लेटारको गंगा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १ जना र वडा नं ९ को जबगादीस्थित जनशान्ति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पोजेटिभ देखिएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थ प्रसाद ढुगांंनाले बताउनुभयो।

संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरू सबै पालिकाको क्वारेन्टाइनमै रहेका उहाँ बताउनुभयो। रामपुरमा कोरोना संक्रमित मध्ये दुई जना निको भएर घर फर्किसकेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय