पाल्पा, असार ११
बन्दना पोखरेल
रम्भा गाउँपालिकाले आर्थिक वर्ष ०७७र०७८ को नीति तथा कार्यक्रममा कृषि तथा पशुपालनमा वैदेशिक रोजगारी गुमाएर फर्किएका तथा देशमा रोजगारी गुमाई बसेका नागरिकलाई कृषि व्यावसाय तथा पशु पालन व्यावसायमा उन्मुख बनाई आत्म निर्भर र स्वावलम्वी बनाउने उद्देश्यका साथ कृषि तथा पशु पालन पेशालाई उच्च प्राथमिकता दिइएको छ ।

सुखि रम्भाबासि समृद्ध रम्भा हाम्रो अभियान भन्ने नारालाई आत्म साथ गर्दै अहिले रम्भा गाउँपालिकाले आर्थिक बर्ष २०७७⁄०७८मा ४५ करोड ३९ लाख २६ हजार ९ सय १२ बराबरको अनुमानित बजेट पेश भएको छ ।

बजेट पेश गर्दै कृषि पेशा प्रवर्द्धन तथा पशु पालन पेशालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउने कार्यक्रम ल्याईने छ । कृषि पेशालाई बढी प्रभावकारी बनाउन आधुनिक कृषि औजारहरु अनुदानमा उपलब्ध गराउने कार्यक्रम ल्याइने छ । उत्पादनमा आधारित अनुदानको प्रवन्ध मिलाइने छ ।

कृषि उत्पादकत्व वृद्धि गराउन उन्नत जातका विउ तथा मलको व्यवस्था अनुदानमा मिलाइने छ बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले बताउनु भएको छ ।
प्रतिबेदन तयार गर्दा सम्म चालु आर्थिक बर्षमा रम्भा गाउँपालिकाले समग्र प्रगति ६० प्रतिशत गरेको गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले बताउनु भएको छ ।

उहाँले रम्भा गाउँपालिका प्रदेश न ५ ले शिक्षा र स्वास्थ्यमा गरेको सर्वेक्षणमा उत्कृष्ठमा परेको समेत जानकारी गराउनु भएको छ अहिले रम्भाका विषेश योजना भनेका रम्भा गाउँपालिकालाई आलुमा आत्म निर्भर बनाउने उदेश्यका लागि विगत वर्ष देखि आलुको विउमा दिदै आएको अनुदानमा वृद्धि गर्ने र उत्पादित आलु संरक्षण गर्न रम्भा ३, मा रहेको शीत भण्डार भरीपूर्ण गर्नका लागि सम्बन्धित कृषकहरुलाई शीत भण्डारको भाडामा छुटको प्रवन्ध मिलाइनेछ भनिएको छ

साथै आलुको विउको उत्पादनमा जोड दिइनेछ ्फलफूलमा युवा भन्ने नारालाई अगाडी सर्दै युवा जनशक्तिलाई फलफूल खेती तर्फ आकर्षित गराउन आँप, लिची, कागती, जुनार, अमिलो, अनार जस्ता र लिची कागतीको व्लक स्थापना गर्ने कार्यक्रममा जोड दिनुका साथै खाली सावर्जनिक जग्गामा समेत फलफूलका विरुवा लगाउने कार्यमा जोड दिइने छ पूर्ण संस्थागत सुत्केरी दिगोपनका लागि स्वास्थ्य संस्थामा संचालित वर्थिङ सेन्टरहरुलाई थप व्यवस्थित गर्दै सामुदायिक स्वास्थ्य इकाईहरुमा पनि वर्थिङ सेन्टर संचालन गर्ने कार्यक्रम ल्याइनेछ।

विद्यालयहरुमा कम्प्युटरको व्यवस्था गर्ने, ईन्टरनेट जडान गर्ने, स्मार्ट बोर्डको व्यवस्था गरी विद्यालयको पठनपाठनमा सूचना प्रविधि मैत्री बनाई प्रविधिलाई विशेष जोड दिइनेछ । कम्प्युटर शिक्षा, अंग्रेजी माध्यमको शिक्षालाई जोड दिइनेछ साथै अंग्रेजी माध्यमको कक्षा संचालन गरिएका विद्यालयको हकमा थप व्यवस्था मिलाईनेछ । प्रत्येक विद्यालयलाई बालमैत्री बनाई प्रत्येक एक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गरी ती विद्यालयको अनुसरण गर्न अन्य विद्यालयलाई उत्प्रेरित गराइने छ आफ्नो विद्यालय आफै बनाउ बालबालिका सगँ हामी रमाउ भन्ने नारा सहित बालबालिका लागि बाल मैत्री विद्यालयमा जोड दिएको छ । बाँकी रहेका काठका पोलहरुलाई विस्थापित गरी स्टिल पोलको व्यवस्थापन गरिने छ।

गत आर्थिक वर्षमा टुकी रहित उज्यालो गाउँपालिका घोषणा गर्ने कार्यक्रम विशेष कारणले सम्पन्न गर्न नसकिएकोले यस आर्थिक वर्षमा घोषणा गरिनेछ । रम्भा गाउँपालिकालाई सडक संजालमा जोडिन बाँकी रहेका क्षेत्रहरुलाई सडकको पहुँच पुर्याउने कार्यलाई उच्च प्राथमिकता दिइनेछ

यस आर्थीक वर्षलाई सडक स्तरोन्नती वर्षको रुपमा अगाडी बढाउदै ट्रयाक खुलेका सडकहरुमा पक्की नाली निर्माण गर्ने, ग्रावेल गर्ने, ग्रेड मिलाउने जस्ता कार्यमा जोड दिइनेछ । गाउँ(गाउँमा सहकारी घर(घरमा रोजगारी भन्ने नारालाई सफल बनाउन गाउँपालिका भित्र संचालित सवै सहकारीहरूलाई थप व्यवस्थित बनाउदै सकृय बनाइने छ ।

कृषी तथा बहुउद्देश्यीय सहकारी संस्थाहरु मार्फत विभिन्न प्रकारका आय(आर्जन तथा शीपमूलक तालिमहरु संचालनमा ल्याइने छ ्रआय(आर्जनको मुख्य श्रोत पर्यटन व्यावसाय भएको हुँदा रम्भा गाउँपालिका भित्र रहेका धार्मिक एवं पर्यटकीय गन्तव्य स्थलको पहिचान, गुरुयोजना तयार संरक्षण तथा विस्तार गर्ने कार्यमा उच्चा प्राथमिकता दिइनेछ। पर्यटन क्षेत्रको प्रचार प्रसारको लागि रम्भादेवी, रिमिघा र कालीगण्डकी महोत्सव २०७७ संचालन गरिने छ ्र पर्यटन व्यावसायको मेरुदण्डको रुपमा रहेको होमस्टे व्यावसाय संचालनमा ल्याईनेछ नीति तथा कार्यक्रममा भनिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय