रामपुर नगरपालिकाका कृषकलाई कागति र सुन्तलाकाे बिरुवा वितरण गरिएको छ ।

कृषि शाखा कार्यालयमा एक कार्यक्रम गरि अाज बिरुवा वितरण गरिएको हाे । अार्थिक विकास समिति संयाेजक हुमनाथ न्याैपानेकाे अध्यक्षतामा भएको कार्यक्रम गरि कृषकलाई पुर्ण अनुदानमा बिरुवा वितरण गरिएको छ ।

अध्यक्ष न्याैपानेले रामपुर नगरका खालि रहेका जग्गामा सुन्तला र कागतिका विरुवा लगाएर मनग्य अाम्दानि लिन सकिने बताउनुभयाे ।

कागति १० हजार, सुन्तला एक हजार, अमिलो तीन सयका बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेले जानकारी दिनुभएको छ ।

कृषककाे मागकाे अाधारमा बिरुवा वितरण गरिएको हाे । कार्यक्रम संचालन कृषि शाखा प्रमुख पाण्डेले गर्नुभएको हाे । यसैगरी पशु सेवा शाखाले सुपर नेपिएर र साधारण नेपिएर घासकाे बीउ वितरण गरिएको शाखा प्रमुख तुल्सिराम काफ्लेले बताउनुभयाे । घासकाे विउ अार्थिक विकास समिति संयाेजक हुमनाथ न्याैपानेले गर्नुभएको हाे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय