बन्दना पोखरेल रामपुर पाल्पा

निस्दि सव (डिभिजन वन कार्यालयको प्राबिधिक टोलिले आईतबर साझ तिर घाईते बन्य जन्तु उद्धार गरेको छ ।  पासोमा फसेको घाईते अबस्थामा रहेको गोहोरा सुनगोहोरा प्रजातिको  उद्वार गरिएको छ।

 निस्दि गाउपालिका वडा न ४ को मुडाबास जंगलमा बन्जन्तु फसेको छ भन्ने स्थानियको सुचनाका आधारमा तत्कालै निस्दी सव डिभिजन वन कार्यालयको टोलि सो स्थान मा पुगेको थियो ।बन कार्यालयको प्राबिधिक टोली र स्थानीयको सहयोगमा उद्वार गरि सामान्य उपचार पछि उसैको बासस्थान रहेको ठाउँ पहिचान गरि छाडियको सव डिभिजन बन कार्यालयका प्रमुख नन्द प्रसाख अधिकारिले जानकारी दिनुभएको छ ।

 यो सुनगोहोरा  अर्को घर्सिने  प्रजातिको बन्यजन्तु हो ।यो हाल आयर नेपालमा लोपहुने अबस्थामा पुगेको हुदा यसको संरक्षणमा जोडदिनु पर्ने देखिन्छ । कानुनत यो मार्न र ओसारपोसर तथा बेचबिखन गर्न दण्डनिय छ।नेपालमा यसको मासुखान औषधिको रुपमा प्रयोग गर्न र हाडछाला तस्करिको लागि समेत मार्ने गरेको तथ्यांकले देखाउ छ।

वन्य  जन्तु संरक्षण गर्नु हामि सवैको दायित्व र कर्तव्य हो सवै मिलेर लोपन्मुख  सुन   गोहोरो संरक्षण गर्नु पर्ने बताउनु हुन्छ कार्यालयका प्रमुख अधकारी । यो विश्व वन्य जन्तु संरक्षणले लोपन्मुख प्रजातिमा राखेको बन्य जन्तु पर्दछ । यस्तो प्रजातिको जनाबर १५ सय मिटर भन्दा तलको उचाइमा पाइने गर्दछ । यो खास गरि वन जंगलको ढाड ढुंगाको कापमा बस्ने गर्दछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय