बन्दना पोखरेल रामपुर पाल्पा

पाल्पाको रामपुर नगरपालिका ७ मा प्रदेश ५ कै दोस्रो ठूलो कवड हल निर्माणको क्रममा छ । यो कवड हल राष्ट्रिय खेलकुद परिषद् अन्तरगत खेलकुद विकास समिती पाल्पाको समन्वयमा सुरु भएको हो ।

आर्थिक वर्ष २०७४।०७५ मा खेलकुद परिषद बाट २५ लाख सहयोग गरेको थियो । यसवाट डिपिआर गर्न र त्यस वजेट बाट १४ लाख ३३ हजार ७ सय ४० रुपया बराबरको काम समेत गरेको बताउनु हुन्छ निर्माण समितिका अध्यक्ष कमल सेन । कवड हलको करिव १ करोड ५५ लाखको स्टमेट गरीएको छ ।

गत आर्थिक वर्ष २०७५।०७६ मा रामपुर नगरपालिकाले १२ लाख र चालु आर्थिक वर्षमा १० लाख सहयोग गरेको छ । आर्थिक वर्ष २०७६।०७७ मा नगरपालिकाको प्रदान गरेको १० लाख बजेटको आइतबार खर्च सार्वजनीक गरीएको छ ।

खर्च सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष सेनले नगरपालिकाको सहयोग र जनसहभागिता गरेर जम्मा १० लाख १ हजार १ सय २६ रुपयाँ बराबरको आम्दानी र र्खच भएको  जानकारी गराउनु भएको छ । ३० मिटर लम्बाई र १८ मिटर चौडाइ भएको कवड हल निर्माण गरीए सगँै रामपुर नगरपालिकामात्र होईन कालीगण्डकी बेशि आसपासमाका खेल प्रेमीलाई समेत हर्षीत बनाएको छ । 

कवड हल निमार्ण भए सगँै व्याक्तिगत खेल सहीत भलिबल कवडि टेक्वान्डे लगाएतका खेल खेल्न सहज हुने छ भने यसलाई बहुउपयोगि सेवाप्रबाहमा  प्रयोगमा समेत गर्नसकीने बताउनु हुन्छ उपाध्यक्ष कृष्ण प्रसाद भट्टराई उहाँका अनुसार आवश्यकता अनुसार यसलाई यस आसपासको विबाह पार्टि सेमिनार गोष्ठिमा समेत प्रयोग गर्न सकिने छ ।

यसलाई सामाजिक कार्य सहित बहुउपयोगि हुने सचिब टिकाराम रेग्मी बताउनु हुन्छ । यो हल सम्पन्न भएका दिन भविश्यमा स्थानिय देखि राष्ट्रिय स्तरमा सम्मका खेलमा पहिचान र अस्तीस्व राख्न सक्ने छ युवाको परिश्रम जोस र जागरले यसले परिचय दिदै राष्ट्रिय स्तरमा पहिचान बनाउन सक्ने थियो भन्नु हुन्छ अध्यक्ष कमल सेन ।

जुन सुकै स्थीतिमा सवै तह मिलेर यसलाई सम्पन्न गर्नु पर्ने देखिन्छ । स्थानीय त्यो पनि राज्यले पछाडि पारेको भनिएको दलित वस्तीको माझमा यो हल बन्दा अत्यन्त खुसि व्यक्त गर्दै  सवै कार्यलय र सवै जसो कार्य र ठूला योजना अन्यत्र रहेकोमा यो कवड हल यहाँ निर्माण हुदा अत्यन्त खुशि भएको स्थानिय  गौतम विक बताउनु हुन्छ ।

  खर्च सार्वजनीक कार्यक्रममा प्रमुख अतिथि वडा न ७ का वडा सदस्य मिठुमाया विक रहनु भएको थियो । निर्माण समितिका उपाध्यक्ष कृष्ण प्रसाद भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रमको मा नेकपाका जयलाल विक  ले सफलताको सुभकामनमा दिनु भएको छ भने कार्यक्रममा उपस्थीतलाई गौतम विकले धन्यबाद दिनुभएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय