बन्दना पोखरेल रामपुर पाल्पा
रामपुर नगरपालिकामा दुई वटा पुल शुक्रबार सिलन्यास भएको छ ।

रामपुर नगरपालिका वडा न ६ र ८ जोड्ने प्याकलुक खाट झलुङ्गे पुल र रामपुरकै खोप्टार कासजरि झलुङ्गे पुल सिलन्यास भएको हो ।

तुरुन्दी खोलामा निर्माण हुन लागेको प्याकलुक पुलको कुल लागत ४६ लाख ३३ हजार १सय ३ रुपया २६ पैसा रहेको छ । जस अन्तरगत रामपुर नगरपालिकाले २ लाख ७७ हजार ९ सय ८६ रुपया सहयोग गरेको छ । (SWAP)ले नगद ३७ लाख ९१ हजार ९३ रुपया र जिन्सी ४ लाख ७१ हजार ३सय ६१ रुपया रहेको छ पुल निर्माण समितिका अध्यक्ष कृष्ण कुुमार अर्यालले जानकारी दिनुहुदैँ यो पुल निर्माण समयमै सम्पन्न हुने र गुणस्तरीय बनाउने प्रतिबद्धता समेत गर्नुभएको छ ।

यो पुल निर्माणका लागि सामाजीक तथा प्राबिधिक सहयोग ईन्द्रेणी समाज केन्द्र नेपालले गर्ने भएको छ । प्राबिधिक यम बहादुर रानाका अनुसार यो पुल ९४ मिटर लामो रहेको भन्दै पुलको संरचना लागत स्टमेटका विषयमा जानकारी गराउनु भएको थियो ।

पुलको बैदिक विधि र्पुवक नगर प्रमुख रमण बहादुर थापाले सिलन्यास गर्नु भएको हो । पुलको शिलन्यास गर्दै थापाले पछिल्लो समय पक्की पुलको निर्माण बढ्दै गएपनी झोलुङ्गे पुलको महत्व पनी उस्तै रहेको बताउनु भएको छ । थापाले दुई स्थान विचको दुरी कम गरि समाजिक र सास्कृतिक एव कृषिको विकासस गर्न सहयोग पुग्ने बताउनु भएको छ ।


यो पुल बन्ने भन्दै सिलन्यास हुदै र्गदा पुल नभएका कारण मर्कामा परेका स्थानिय अम्बीका पगेंनि भने खुशिले गदगद हुदै काम समयमै सम्पन्न गरिदिन हुन अनुरोध समेत गर्नु भएको छ अर्का स्थानीय गोविन्द अधिकारीले खोलामा झरेर पानी आउदा खोला बढ्दा हुने समास्या बाट मुक्त हुने साथै खोला बारी पारि कृषी कर्म गर्न सहज हुने भन्दै खुसी व्यक्त गर्नु भएको छ । पुल बने सगैँ सेरा र प्याकलुक बासि प्रत्यक्ष लाभान्बीत हुने छन् ।

तुरुन्दी खोलामा निर्माण हुन लागेको प्याकलुक पुलको कुल लागत ४६ लाख ३३ हजार १सय ३ रुपया २६ पैसा रहेको छ । जस अन्तरगत रामपुर नगरपालिकाले २ लाख ७७ हजार ९ सय ८६ रुपया सहयोग गरेको छ । स्वाब (SWAP)ले नगद ३७ लाख ९१ हजार ९३ रुपया र जिन्सी ४ लाख ७१ हजार ३सय ६१ रुपया रहेको छ पुल निर्माण समितिका अध्यक्ष कृष्ण कुुमार अर्यालले जानकारी दिनुहुदैँ यो पुल निर्माण समयमै सम्पन्न हुने र गुणस्तरीय बनाउने प्रतिबद्धता समेत गर्नुभएको छ ।

यो पुल निर्माणका लागि सामाजीक तथा प्राबिधिक सहयोग ईन्द्रेणी समाज केन्द्र नेपालले गर्ने भएको छ । प्राबिधिक यम बहादुर रानाका अनुसार यो पुल ९४ मिटर लामो रहेको भन्दै पुलको सम्रचना र लागत स्टमेटका विषयमा जानकारी गराउनु भएको थियो ।

पुलको बैदिक विधि र्पुवक नगर प्रमुख रमण बहादुर थापाले सिलन्यास गर्नु भएको हो । पुलको शिलन्यास गर्दै थापाले पछिल्लो समय पक्की पुलको निर्माण बढ्दै गएपनी झोलुङ्गे पुलको महत्व पनी उस्तै रहेको बताउनु भएको छ । थापाले दुई स्थान विचको दुरी कम गरि समाजिक र सास्कृतिक एव कृषिको विकासस गर्न सहयोग पुग्ने बताउनु भएको छ ।
यो पुल बन्ने भन्दै सिलन्यास हुदै र्गदा पुल नभएका कारण मर्कामा परेका स्थानिय अम्बीका पगेंनि भने खुशिले गदगद हुदै काम समयमै सम्पन्न गरिदिन हुन अनुरोध समेत गर्नु भएको छ अर्का स्थानीय गोविन्द अधिकारीले खोलामा झरेर पानी आउदा खोला बढ्दा हुने समास्या बाट मुक्त हुने साथै खोला बारी पारि कृषी कर्म गर्न सहज हुने भन्दै खुसी व्यक्त गर्नु भएको छ । पुल बने सगैँ सेरा र प्याकलुक बासि लाभान्बीत हुने छन् ।

निमार्ण समीतीका अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण ढुङ्गानाको स्वागत र माधव पंगेनीको सञ्चालन भएको हो ।
खोप्टार र काँसजरी जोड्ने झोलुङ्गे पुल ३२ लाख २५ हजारको लागतमा निर्माण हुन लागेको उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर थापाले जानकारी दिनुभयो । पुलको कुल लम्बाई ६२ मिटर रहेको छ । उपभोक्ता समितिका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव इन्द्र बहादुर घर्तीले गर्नु भएको हो । दुवै पुल निर्माणमा सामाजिक तथा प्राविधिक सहयोग इन्द्रेणी समाज केन्द्र नेपालले गरिरहेको छ । दुबै पुल २०७७ साल माघ १६ सम्म सम्पन्न पुने लक्ष्य रहेकाे छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय