बन्दना पोखरेल  रामपुरपाल्पा                                                                                                                         असार ३                                                                                         पूर्वखोला  गाउपालिका र रम्भा गाउपालिकाको संयुक्त सहकार्यमा २५ शैयाको आइशुलेशन निर्माण भएको छ ।

रम्भा माध्यमिक विद्यालय ताहुँमा स्थापना गरेको छ । पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले पूर्वखोला पालिकाको कोरोना भाइरस पोजेटिभ देखिएको जतिलाइ रम्भा मा वि को आसुलेशनमा राखिने र उहाँहरुको सम्पुर्ण व्यवस्था गाउँपालिकाले गर्ने समेत उहाँले जानकारी गराउनु भयो ।

यस्तै रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भडारीले कोरोना भाइरस पोजेटिभ देखिएको हरुलाइ लुम्बिनी मेडिकल कलेजको आसुलेसनमा राखिएको र थप यहि रम्भा मा वि को आइशुलेसनमा राखिने वताउनु भयो । उहाँले आवश्यकता अनुसार आइशुलेसनको बेड संख्या थपिने समेत जानकारी गराउनु भयो ।

रम्भा र पूर्वखोलामा जम्मा २८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।पूर्वखोला गाउपालिकाले गाउपालीकाले बैदेशिक रोजगारिमा रहेका २७२ जनाको पि सि आरको को स्वाव संकलन गरि भैरहवा पठाएको छ र ५० जनाको रिपोट आइसकेको गाउपालिका स्वास्थ्य संयोजक मोहन ढकालले वताउनु भयो । अहिले यहाँ पुर्वखोला गाउँपालिकाका १० जना कोरोना पोजेटिभ राखिएको र सवैको अवस्था सामान्य रहेको ढकालले बताउनु हुन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय