असार २

बन्दना पोखरेल रामपुर पाल्पा

निस्दी गाउँपालिकाको मुख्य नारा शिक्षा स्वास्थ्य र रोजगार पयर्टन सहितको पुर्वाधार प्रकृति र मगर सस्कृति निस्दीको अ।धार भन्ने मुल नारा सहित बिकट निस्दीको मुहार फेर्न अहिले निस्दी बासी लागिपरेका छन् । निस्दी बासीको समृद्ध बन्ने चाहाना र गाउँपालिकाको सकृयता र नयाँ योजनाले केहि गर्न चाहाने कृषकलार्इ टेवा पुगेको छ भन्छन् पालिकाका प्रमुख मुक्त बहादुर सारू

 यस अन्तरगत रहेर  निस्दी गाउँपालिका कृषि शाखाले अनुदानमा कृषकलाई अलैँचीका विरुवा वितरण गरेको छ ।  अलैँचीको पकेट क्षेत्र रहेको वडा नं ३ खाँदरका कृषकलाई विरुवा वितरण गरिएको हो । लमजुङको भोटेओढारबाट खरिद गरेर ल्याइएको चौध हजार विरुवा वितरण गरेको कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिएका हुन ।

बिरुवाको साथमा कृषकलाई सात वटा प्लास्ट्रिक स्प्रेयर, १० किलो फङ्गिसाईड, ७५ वटा अलैची फल काट्ने स्प्रेयर वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले हस्तान्तरण गर्दै अ।य अ।र्जन गरि संबृद बन्न सुझाए ।

कुल बजेट दुई लाख पचास हजार त्यसमा निस्दी गाउँपालिका कृषि शाखा बाट एक लाख सतासि हजार पाच सय र खादर अलैची पकेट समितिबाट ६२ हजार ५०० सयको लगानीमा विरुवा वितरण गरिएको हो । खाँदर क्षेत्रमा लगाइएको अलैची खेती फस्टाउँदै गएको वडा कृषि प्राबिधिक त्रिमला पाटाले बताउछन् ।

गाउँमा विभिन्न काम बाट अ।र्थीक उपार्जन हुन थाले पछी स्थानीय खुशी भएका छन् ।  निस्दी गाउँपालिकाको झिरुबासमा अलैंचीको खेती फस्टाउदै गए सगैँ यहाँका जनतामा अ।र्थीक रूपमा सक्षम बन्दै अगाडि बढ्ने क्रममा अलैचि विस्तारमा लागेका हुन ।

निस्दीको वडा नम्बर ३ झिरुबासको खादरमा लगाएको अलैंची खेतीबाट यस वर्ष करिब १५ लाख बढी आम्दानी लिने अनुमान गरीएको छ । पहिले बनमाराको झाडि रहेको असिलो उत्तर फर्केको पाखो अहिले हेर्न लाएक मात्र होइन अ।म्दानीको स्रोत पनि बनेको छ ।

 निस्दी गाउँपालिका पाल्पाको एक वडा एक पकेट कार्यक्रम अन्तर्गत खादर बासिले अलैंची खेती गर्दै आएको वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले बताउछन्  । गाउँपालिकाले कृषीलार्इ व्यावसायीकरण गर्दै लगे सगैँ स्थानिय खुसी व्यक्त गर्छन् ।

हामीलार्इ कृषी प्राबिधिक र काम गर्न नजान्ने हामीलार्इ सिकाउदै बजारीकरणमा सहयोग पुर्याइदिए काम हामी गर्छै भन्छन् कृषक  मनुराज खाम्चा । स्थानिय कृषक तुल बहादुर वयम्वु पनि खुशी हुदै काम गर्ने बाटो देखार्इ दिएकोमा पालिका र कृषी शाखालार्इ धन्यवाद दिदै भन्छन् सामुहिक कार्य गरी दुइ पैसा अ।एको छ जसले गर्दा परिबारमा सन्तुष्टि र नुन तेल चल्न थालेकोछ । गत बर्ष करिव १ सय ५० रोपनि क्षेत्रफलमा लगार्इएको अलैचि अहिले बिस्तार गरी अरू १सय रोपनि थपिने कृषी शाखाका प्रमुख खिमराज कोर्इराला बताउछन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय