धनबहादुर ठाडा जेठ २९ पाल्पा
नेपाली लोक संगीतको क्षेत्रमा पछिल्लो समय दर्शकको रोजाईमा परेका गायक हुम गैरे लकडाउनको बेला आफ्नै प्रस्तुतिका गीतको काममा ब्यस्त छन् ।

अरु बेला स्टेज कार्यक्रम , रेकर्डिङ अनि सुटिङमै ब्यस्त रहने गैरे काठमाडौमै बसेर पेन्डिङमा रहेका गीत संगीतको काममा लागिरहनु भएको छ । पाल्पाली माटोले हुर्काएका गायक गैरे बुवा पुर्ण बहादुर गैरे र आमा कल्पना गैरेको दोस्रो सन्तानको रूपमा निस्दी गाउँपालिकामा जन्मेका हुन।

लाखौं दर्शक अनि स्रोताको मन मुटुमा बस्न सफल गैर आफैमा गायक , सर्जक , मोडल अनि निर्देशक पनि हुन् । नेपाली गीत संगीतको बजारमा चर्चित अनि व्यवासयिक सर्जकको नाम लिनुपर्दा गैरेको नाम पनि अग्र पंक्तिमा आउँछ ।

पछिल्लो समय नेपाली गीत संगीत बजारमा डिजीटल मार्केटमा फडको मार्नु अघि कम मात्रामा सर्जकहरु थिए । त्यतिबेला गैरेको क्यासेट एल्बम दर्शक स्रोताले खोजी ( खोजी सुन्ने गर्दथे। प्रविधिले गर्दा व्यवासयको प्रकृति फेरिएता पनि गैरेको लोकप्रियता भने कायमै छ ।

गैरे परिवारमा एक्लो छोरा भएका कारण पनि स्वाभाविकै परिवारिक जिम्मेवारी उत्तिकै थियोे । तर पनि हरेक समस्या र चुनौतीलाई अवसरको रूपमा लिदै गैरेले गीत संगीतलाई निरन्तरता दिदै आए ।शुरु( शुरुमा परिवारको त्यति सहयोग र हौसला नपाए पनि गाउँले परिवेशमा हुर्केका कारण राती( राती भागेर रोधीमै गीत गाउँदै गायक बनेको हुँम गैरे भन्छन् ।

त्यो बेला गाउँमा रोधी बस्ने चलन थियो , बाबा आमाको चाहना छोराले धेरै पढोस सरकारी जागिर खाओस भन्ने थियो । त्यसैले पनि उनी खुलेर गीत गाउन पाउदैनथिए । घरको झ्यालबाट भागेर गाउँका हरेक विवाह , भोज भाटेर , पुजा आजा , मेलामा गीत गाउन पुगेकै हुन्थे । गैरे सम्झिन्छन रातीमा होमवर्क गर्न छोडेर घरको झ्यालबाट भागेर रोधीमा गीत गाउन जाँदा आमाको कुटाइ खाएको सम्झदै विद्यार्थी जीवनमा साप्ताहिक कार्यक्रम , बाल क्लबको कार्यक्रम तथा विभिन्न मेला उत्सवबाट गायन यात्रा आरम्भ गरेका गैरेले पहिलोपटक २०६० सालमा सिसा फ्रेममा बोलको गीत रेकर्ड गराएका थिए ।

पहिलो गीतले नै उनलाई पश्चिम क्षेत्रमा आशा लाग्दो गायकको रूपमा पहिचान दिलाएको थियो । २०६० सालदेखि २०६४ सालसम्म गैरेले स्थानीय देखि राष्ट्रिय स्तरका दर्जनभन्दा बढी दोहोरी गीत प्रतियोगितामा सहभागी बनेर विजेता समेत भएका थिए । अहिलेका लोकप्रिय गायक गायिकाहरु संग दोहोरी गीत प्रतियोगितामा भिँडेका गैरे २०६४ सालमा संचारकर्मी समेत बन्न सफल भएका थिए ।

सामुदायिक रेडियो मदनपोखरा पाल्पामा कार्यक्रम प्रस्तोता भएसंगै गैरेको गायन क्षेत्र अझै फराकिलो हुँदै गयो। कुशल संचारकर्मी , गायन संगसंगै शब्द रचना र भाका सिर्जनामा लागेका गैरेलाई वियोगान्त गीत रचना गर्न रुचाउने बताउछन् हालसम्म गैरेले १ हजार भन्दा बढी शब्द तथा भाका सिर्जना र १ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन ।

लामो समयदेखि चर्चाको शिखरमा रहन सफल गायक तथा सर्जक गैरेका शब्द तथा प्रस्तुतिमा घिटी घिटी बाँचीराको छु , करुवामा पनि , भेटौला अवस्य , तिमलाई सम्झी रुनु रहेछ र , जिउँदै छु तै पनि , अन्तिम इच्छा , बोल्नै पर्दैन , मेरो जीवन साथी , सोल्टीले मलाई आँखा मर्यो नि , जम्दार बाको छोरी , पन्चेबाजामा नभन के गरम , दुलही रानी , सलैजो , कौरा , तीज गीतमा झ्याम पुतली झ्याम , चर्चा धेरै भो, मलाई केटा चाहिएको पैसा वाला हो , लाहुरेको छोरी लगायत दर्जनौं गीतहरू हिट लिस्टमा छन। नेपाली गीत संगीत विशुद्ध मौलिक एवं परम्परागत हुनुपर्छ भन्ने मान्यता राख्ने गैरे देश तथा विदेशका थुप्रै साँस्कृतिक कार्यक्रममा गीत गाउन पुगेका छन।

राजधानीलाई सांगीतिक कर्मथलो बनाएर बसेका गैरे विभिन्न संघ संस्था आवद्ध रहेका छन् । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखाको संस्थापक सदस्य , सचिव र अध्यक्ष हुँदै केन्द्रिय समितिको सदस्य समेत बनी सकेका छन । त्यस्तै संगीत उत्पादक समाज नेपालको संस्थापक सदस्य हुँदै हाल महासचिव पद सम्हालदै हजारौं स्रस्ता , सर्जक, प्रस्तोता अनि उत्पादकको संगीत रोयल्टी स्थापित गर्न अहोरात्र खटीरहेका छन ।

सरल , शान्त , सहयोगी स्वाभावक गैरे राप्ती अवार्ड , लोक दोहोरी अवार्ड , संगीत नाट्य कला प्रज्ञा प्रतिष्ठान लुम्बिनी नव प्रतिभा सम्मान , भगत सर्वजित स्मृति प्रतिभा सम्मान , प्रशंशानीय राष्ट्रिय संजल नेपाल लोक प्रतिभा सम्मान , सामुदायिक रेडियो मदनपोखरा लोक प्रतिभा सम्मान लगायत अन्य थुप्रै संस्थाहरुबाट समेत सम्मानित भएका छन।

२०६८ सालमा विशाल मुभिज नामको म्युजिक कम्पनी स्थापना गरि संगीत व्यवसाय तिर पनि हाट हालेका गैरेले सोही कम्पनी मार्फत हजारभन्दा बढी गीतको अडियो भिडियो उत्पादन तथा बजार व्यवस्थापन गरेका छन । गायन र सिर्जना संगै पछिल्लो समय उनी म्युजिक भिडियो निर्देशनमा ब्यस्त देखिन्छ । गैरेको यतिबेला कालापानी हाम्रै हो नालापानी हाम्रै हो , छुवाछूत प्रथा बिरोधि गीत र ईतिहास सर्वाधिक चर्चमा रहेको छ। गैरेको सामाजिक कथा बस्तुमा आधारित रहेका दुई वटा चलचित्र सानु र कर्म प्रदर्शनको तयारीमा रहेको छ। नेपाली गीत संगीतको हरेक विधामा अब्बल मानिएका गायक तथा सर्जक हुम गैरेलाई हाम्रो पनि शुभकामना ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय