प्रेमबहादुर बाकाबल सहलकोट

विद्यालय एकीकरण तथा समायोजन सम्बन्धि  अभिमुखिकरण गोष्ठी निस्दी २ सहलकोटमा सम्पन्न भएको छ ।

गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा संचालन भएको गोष्ठीमा शिक्षा शाखा अधिकृत प्रमोद यादव र शिक्षा संयोजक नर बहादुर थापाले सहजीकरण गर्नु भएको हो ।

  गोष्ठी को समापन समारोहमा नेकपा प्रदेश संयोजक तथा नेता देबिलाल लामिछानेले शैक्षिक प्रगतिका लागि सिंगो गाउँ पालिकालाइ पार्टीले जुनसुकै बेला सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

 वडा अध्यक्ष पुर्ण बहादुर थापा बाकाबलले आ आफ्नो विद्यालयको सेवा क्षेत्रका अभिभावकहरु सङ्ग तत्काल छलफल गरि समायोजन गर्ने नगर्ने विषयमा शिक्षा शाखामा जानकारी गराउन अनुरोध गर्नुभयो ।

गोष्ठीको समापन गर्दै अध्यक्ष मुक्त बहादुर सारुले गुणस्तर शिक्षाको खोजीमा शहर पसेका विद्यार्थीहरुलाइ गाउँ फर्काउन सके समायोजन गर्नु नपर्ने र त्यसका लागि गाउँ पालिकाले पहल गर्ने बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय