पाल्पा( जिल्लाको पूर्वखोला गाउँ पालिकाले क्वारेन्टाइनमा बस्ने सम्पूर्णको पिसिआर चेक गर्नको लागि आफ्नै खर्चमा भिटिएम ९स्वाब संकलन गर्ने किट खरिद गरेको छ ।

गाउँपालिकाले भारत लगाएत तेस्रो मुलुकबाट फर्किएका आफ्ना नगरिक र फ्रण्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको कोरोना परीक्षण गर्नको लागि आफ्नै लगानीमा किट खरिद गरिएको प्रमुख नुनबहादुर थापाले बताउनुभयो ।

केन्द्र र प्रदेश सरकारको मुख ताकेर बस्दा धेरैलाई परीक्षण गर्न सकिएन, प्रमुख सारुले भन्नुभयो त्यसैले गाउँपालिकाकाका जोखिम सम्भावित सबैलाई परीक्षणका लागि किट खरिद गरिएको हो । प्रदेश र केन्द्रबाट किट उपलव्ध नहुँदा धेरैलाइ लामो समयसम्म क्वारेन्टाइनमा राख्नुपर्ने र पोजिटिभ भए अरुलाइ समेत जोखिम हुनेभएकाले सबैको परीक्षण गर्नको लागि जिल्लामै पहिलो पटक स्थानीय स्तरबाट नै किट खरिद गरिएको उहाँले बताउनुभयो ।

पालिकाले स्वाब संकलन गरी परिक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ्पठाएको छ । प्रति गोटा रु ३५० मा भ्याट थप गरी किट खरिद गरिएको पालिकाले जनाएको छ । पाल्पाका अन्य पालिकाले समेत आफ्नै लगानीमा भएपनि किट खरिद गरेर परीक्षणको दायरालाई बढाउनुपर्ने माग जनस्तरबाट उठ्दै आएको छ ।

पाल्पाको पुर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालका अनुसार जना ३सय २८ भारत बाट अ।एका सवै क्वारेन्टाइनमा छन् । अहिले सम्म १०६ अ।र डिटि  गरिएको छ भने ५० पिसिअ।र  गरिएको छ । देश भित्र बाट अ।एकाको सुरूमा  अ।र डिटि  गरिएको हो भने भारत बाट अ।एकाहरू सवै लाइ पिसिअ।र  गरेरमात्र पठाइएको छ। उहाँले भन्नु भयो ।

अहिले पाल्पामा भारत लगाएतका मुलुकबाट आएका नागरिकहरुमा कोरोनाको संक्रमण देखिएको छ, पाल्पामा अहिलेसम्म २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यू भएको छ । प्रदेश र केन्द्र सरकारले प्रर्याप्त किट नपठाउँदा जिल्लामा कोरोनाको पिसिआर स्वाव संकलनमा समस्या समेत परेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय