धनबहादुरठाडा                                                                                                                     जेठ २५ पाल्पा                                                                                                                                                     किभिड १९ को कारण सम्पर्ण विश्व नै स्तव्ध भएको बेला नेपालमा पनि दिन प्रति दिन यसको जोखीम बढ्दो छ ।  कोभिड १९को जोखिम कम गर्न अव सवै मिल्नु पर्ने र अ।फ्नो ठाउँबाट सवैले सहयोग गर्नु पर्ने यो बिषम परिस्धीतीमा निस्दी गाउँपालिकाका शिक्षकहरूले पनि विपत व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णय गरेका छन् ।

कोरोना रोग जोखिम  न्यूनीकरणका लागि समाजमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउदै आएका निस्दीका शिक्षकहरूले आर्थिक सहयोग समेत गर्ने भएको छ।

निस्दी स्रोतकेन्द्रको छुट्टाछुट्टै दुई चरणमा बसेको प्रधानाध्यापकहरुको बैठकले प्रावि दृतीय , प्रावि  तृतीय , निमावि तृतीय , पुर्व प्राथमिक र कर्मचारीले ३ दिन बराबरको त्यसैगरी प्रावि प्रथम , निमावि प्रथम , निमावि दृतीय र मावि तहमा कार्यरत शिक्षकले ५ दिन बराबरको रकम सहयोग गरिने शिक्षक महासंघ निस्दीका अध्यक्ष इश्वरी प्रसाद अर्यालले बताउनुभयो ।

यसरी   ५४ वटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले  सहयोग गर्ने  कुल रकम  १० लाख १६ हजार ३ सय ७४ रुपैयाँ हुने शिक्षा शाखाका स्रोतव्यक्ति नर बहादुर थापाले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय