बन्दना पोखरेल रामपुर पाल्पा
रामपुर (पाल्पा), २४ जेठ ः पाल्पाको रामपुर नगरपालिकामा आइसोलेशन कक्ष तयार भएको छ।

रामपुर नगरपालिका र निस्दी गाउँपालिकाको समन्वयमा ५० शैयाको शहीद बहुमुखी क्याम्पसमा आइसोलेशन कक्ष तयार पार्ने कार्य भइरहेको भए पनि आज सम्ममा २५ सैयाको कक्ष निर्माण सम्पन्न भएको रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले जानकारि गराउनु भएको छ ।

आइसोलेशन कक्ष तयार नहुदा चार कोरना सङ्क्रमित क्वारेन्टिनमै बसीरहेका थिए अव भने आईसोलेसन कक्ष बने सगँै उनिहरुलाई त्यहाँ लैजाने सारिने बताउनु भएको छ
यही जेठ २० गते दुई जना पुरुषमा कोरना भाइरस सङ्क्रमणको नतिजा पोजेटिभ आएपछि आइसोलेशन कक्ष तयार पार्ने कार्य अगाडी बढाइएको हो ।

यहाँ आइसोलेशन कक्ष तयार गर्ने कार्य पुरा नभएकोले उनी हरु क्वारेनटाईनमै थीए।
हाललाई २५ शैयाको आइसोलेशन कक्ष तयार भइसकेको र सङ्क्रमितलाई आज साँझ सम्ममा ल्याएर राख्ने तयारी भइरहेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।
“सबै प्रक्रिया बमोजिम निर्माण गर्न खोजेकाले अलि ढिला भयो, क्वारेन्टिनमा पनि उनीहरुलाई सुरक्षित साथ छुट्टै बसोबासको व्यवस्था गरिएको छ” उहाँले भन्नुभयो । नगर प्रमुख थापाका अनुसार सात जना नेपाली सेना, दुई जना नर्स, एक जना डाक्टर, खाना बनाउने, सरसफाई गर्ने लगायत गरी २० जना जनशक्ति परिचालन गरिनेछ ।
अहिले यहाँ शौचालय, बाथरुम, बारबन्देज, सरसफाईको काम सबै तयार भइसकेको छ भने सिसि क्यामेरा र बिद्युत् जडानको काम हुदैछ ।

क्वारेन्टिनमा बसेका सङ्क्रमित व्यक्तिको अवस्था सामान्य रहेको र उनीहरुलाई छुट्टै बसोबासको व्यवस्था गरिएको वडा अध्यक्ष एकबहादुर नेपालीले बताउनुभयो । यहाँको क्वारेन्टाइनमा सङ्क्रमित युवा संगै १३ जना रहेका छन् । भारतबाट आएका उनीहरुमा आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि एक हप्तापछि पिसिआर परिक्षण गर्दा कोरना सङ्क्रमण पुष्टि भएको हो । रामपुर नगरपालिका वडा नं ९ घर भएका २३ र २८ वर्षका युवामा कोरना पोजेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुंगानाले जानकारी दिनुभएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय