परेवाखबर संवाददाता

रामपुर पाल्पा २3 जेठ । रामपुर नगरपालिका वडा नं ३ का युवाहरु क्वारेन्टाइनमा बसेकाहरुको व्यवस्थापनमा जुटेका छन् ।


वडा नं ३ स्थित जनविकास माविको क्वारेन्टाइनमा बसेका दाजुभाई दिदीबहिनीहरुलाई सहयोग गर्न रामपुर युथ नेटवर्क लागि परेको हो ।

युथ नेटवर्कका युवाहरुले गाउँमा तरकारी संकलन गर्ने,सरसफाई गर्ने,कोराना सम्बन्धी जनचेतना जगाउने क्वारेन्टाइनमा रहेकाहरु जथाभावी बाहिर ननिस्कुन भनेर २४ सै घण्टा पहारा दिने जस्ता कार्यहरु गर्दै आएको युथ नेटवर्कका अध्यक्ष रविन थापाले जानकारी दिनु भयो ।

युथ नेटवर्कका युवाहरुले हिजोमात्र गाउँका विभिन्न ठाउँबाट तरकारी खोजेर व्यवस्थापन समितीका अध्यक्ष यज्ञमुर्ति घिमिरेलाई हस्तान्तरण गरेका थिए ।

युथ नेटवर्कले यो संकटको घडीमा सबै जना आ आफ्नो ठाउँमा जिम्मेवार भई एकजुट भएर कोरोना विरुद्धको लडाई जित्न आग्रह समेत गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय