धनबहादुर ठाडा जेठ २१ पाल्पा निस्दी गाउँपालिकामा हालसम्म भारतबाट २ सय २३ जना नागरिक भित्रिएका छन। मंगलबार थप ८ जनालाई उद्दार गरेको छ। सुनौली नाकाबाट नेपाल भित्रिएका उनीहरूलाई गोरखनाथ माद्यामिक विद्यालय अर्चलेको क्वारेन्टाइनमा राखेको छ। वडा नम्बर १ बाकामलाङका ६ जना र सहलकोटका २ जनालाई उद्दार गरेर क्वारेन्टाइनमा राखेको निस्दी गाउँपालिका स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । निस्दीमा हाल भारतबाट आएका मात्रै विभिन्न ९ वटा क्वारेन्टाइनमा २ सय २१ जना रहेका छन। यसअघि निस्दीका २ जनामा पी। सी। आर । रिपोर्ट पोजेटिभ आएपछि थप उपचारको लागि पाल्पा सदरमुकाम तानसेन स्थित आइसोलेसनमा लागेका छन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय