बन्दना पोखरेल 
  रामपुर (पाल्पा),  २१ जेठ ः रामपुर नगरपालिकामा आइसोलेसन कक्ष तयार नहुदा कोरना सङ्क्रमितलाई क्वारेन्टिनमा नै राखिएको छ ।
   रामपुर नगरपालिका र निस्दी गाउँपालिकाको सहयोगमा रामपुरको शहीद बहुमुखी क्याम्पसमा पचास शैयाको आइसोलेसन कक्ष बनाउने कार्य सुरु गरेपनि तयार नहुदा सङ्क्रमित क्वारेन्टिनमा नै बस्न बाध्य छन् ।  
   प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा परीक्षण गर्दा रामपुर नगरपालिकामा वडा नं ९ का दुई जना युवामा कोरना भाइरस सङ्क्रमण देखिएको छ । वडा नं ४ को सीताराम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका २३ र २८ वर्षका युवामा कोरना पोजेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुंगानाले जानकारी दिनुभएको छ ।
   उनीहरुलाई शहीद बहुमुखी क्याम्पसमा आइसोलेसन कक्ष तयार पारेर राख्ने भनिएपनि तयार नभएकाले अहिले सीताराम माविकै क्वारेन्टाइनमा नै सुरक्षित तरिकाले राखिएको स्वास्थ्य संयोजक ढुङ्गानाले बताउनुभएको छ ।
   आज रामपुर नगरपालिकामा दुई जना सङ्क्रमित देखिसंगै पाल्पामा हालसम्म कोरना सङ्क्रमितको सङ्ख्या सात पुगेको जनस्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभएको छ ।
   यसभन्दा अघि निस्दी गाउँपालिकामा दुई, रैनादेवी छहरा गाउँपालिकामा दुई, माथागढी गाउँपालिकामा एक जना कोरना सङ्क्रमित फेला परेका छन् । सङ्क्रमित सबै भारताबाट फर्केका युवा रहेका छन् ।
   उनीहरुलाई सदरमुकाम तानसेनको मिसन अस्पतालस्थित बृद्धाश्रममा तयार पारिएको आइसोलेसन कक्षमा राखिएको छ । भारतबाट फर्केका युवामा कोरना सङ्क्रमण देखिएको छ ।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय