मदनकृष्ण सिलवाल
काठमाडौँ, ४  भदौ । युवा उद्यमी तथा व्यवसायी शंकर देवकोटा सम्मानित हुनु भएको छ । शनिबार राजधानीमा शान्ति सम्वृद्धि र दिगो विकासका लागि मानवीय कार्य (ह्याप्स)ले आयोजना गरेको एक कार्यक्रमा देवकोटाले समाजमा दिएको योगदानको उच्च मूल्याङ्कन गर्दै युवा उद्यमी सम्मान प्रदान गरिएको हो ।hindus (4)

उहाँले आफ्नो व्यापारबाट भएको ५ प्रतिशत नाफा सामाजिक उत्तरदायित्व बहन गर्दै समाजिक क्षेत्रमा खर्चिनु हुन्छ । देवकोटालाई सम्मान प्रदान गर्दै पुर्व प्रधानसेनापति रुक्माङगद कटवालले सामाजिक क्षेत्रमा तपाई जस्ता युवा उद्यमीहरुको खाँचो छ, अन्य व्यापारीहरुले पनि तपाईबाट पाठ सिक्नु पर्ने र नाफाको केही हिस्सा सामाजिक हिततमा खर्च गरे राम्रो हुने समाज र आफ्नो कल्याण समेत हुने बताउनु भयो ।

पाल्पाको तत्कालिन जल्पा गाविसमा जन्मिएर काठमाडौँ आई विद्युत व्यापार क्षेत्रमा संग्लन उहाँ एउटा व्यापारीको रुपमा मात्र नभई समाजसेवीको रुपमा पनि परिचित हुनुन्छ । काठमाडौको भोटेवाहालमा व्यवसाय रहेको देवकोटाले करीब २० जनालाई प्रत्यक्ष रोजगारी समेत दिईराख्नु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय