पाल्पा । पाल्पामा सोमबार पुन २ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै पाल्पामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

भैरहवा स्थित जनस्वास्थ्य प्रयोगशालामा सोमबार निस्दी गाउँपालिकाका २ जना पुुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु १७ र ३६ वर्षका पुरुष रहेका छन् । उनीहरु केही दिन अघि भारतबाट आएका र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिका स्वास्थ्य स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताए । उनीहरु क्वारेन्टाइनमा बस्दै आएका छन् ।

आइतबार रैनादेबी छहराका २ र माथागढी गाउँपालिकाका १ गरि ३ जनामा कोरोना पुष्टि भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय