दानस मल्ल,१६ जेठ रामपुर बिश्व भर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस को कारण ले धेरै जना को रोजिरोटी खोसिएको छ।विभिन्न कामको शिलशिलामा गाउँ छोडेर बाहिर गएका युवाहरू गाउँ फर्किएका छ्न।लकडाउनका कारण गाउमा पनि काम नपाएर बिखर्ची भएका युवाहरुलाइ यति बेला रामपुर नगरपालिका वार्ड न १ स्याउलिबजार र घिरिङ्ग गाउँ पालिका वार्ड न १ पुट्टार जोड्ने पक्की पुल निर्माण को काममा लगाइएको छ।पुल निर्माणको काम पनि हुने र युवाहरुले रोजगारी पनि पाउने भएको हुनाले गाउका पचपन्न जना युवाहरू लाई काममा लगाइएको निर्माण कम्पनिका प्रोजेक्ट म्यानेजर टेक नाथ शर्माले बताउनु भयो। लकडाउन को बेला मा सामाजिक दुरि कायम गर्दै बिकास निर्माण को काममा युवाहरुलाइ परिचालन गरि बसेर बित्ने समय लाई सदुपयोग भएको र दैनिक खर्चो पर्चो टार्नलाइ सजिलो भएको कुरा स्थानिय समाजसेबी दान बहादुर शाहिले बताउनु भयो। दैनिक रुपमा दुई शिफ्ट गरि आठ घण्टा को आठ सय रुपैया मा काम लगाइएको कुरा सहायक ठेकेदार वीर बहादुर बि क ले जानकारी गराउनु भएको छ। गण्डकी प्रदेश र पाँच नम्बर प्रादेश लाई जोड्ने गरि निर्माण भैरहेको उक्त पुलको एक नम्बर पिल्लरको ढलान कार्यको शुभारम्भ एक कार्यक्रम का बिच पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बिष्णु भक्त सिग्देलले गर्नु भएको थियो।पिल्लर ढलान कार्यको शुभारम्भ गर्नु हुँदै अध्यक्ष सिग्देलले “सथानिय युवा हरुनै निर्माणकार्य मा सहभागी भएको हुदा गुणस्तरीय निर्माणका लागि हामी ढुक्क भएका छौ भन्नू हुँदै सामाजिक दुरि को ख्याल गरि निर्माणकार्य मा सहभागी हुन अनुरोध गर्नु भयो।स्थानीय जनप्रतिनिधि ,निर्माण कम्पनी का प्रतिनिधिहरु,सडक डिभिजन कार्यालय का प्रतिनिधि ,स्थानिय सरोकारवाला लगायत को सहभागी रहेको कार्यक्रम को सन्चालन सचिब दानस मल्लले गर्नु भएको हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय