होम राई मगर निस्दी,पाल्पा जेठ १६ निस्दी गाउँपालिका,पाल्पाका पत्रकारहरुको कोरोना विमा गरिएको छ । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षता बसेको बैठकले गाउँपालिकाका क्रियाशील ५ पत्रकारको कोरोना बिमा गरिएको प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयो ।विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड(१९) का कारण समाचार संकलनको क्रममा खटिने पत्रकारहरुको १ लाखको कोरोना बिमा गरिएको गाउँपालिका अध्यक्ष सारुले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो निस्दीका सम्पूर्ण जनप्रतिनिधिहरु,स्वास्थ्यकर्मी,सुरक्षाकर्मीको समेत कोरोना बिमा गरिएको बताउदै अहिले सम्म यस काममा खटिने सबै धन्यवादको पात्र हुनु भएको छ । यसैबीच बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता,सडक निर्माण तथा मर्मतको लागि कामदार खटाउने निर्णय समेत भएको जानकारी गराउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय