धनबहादुर ठाडा जेठ ११ पाल्पा नेपाल कम्युनिस्ट पार्टी निस्दीले विपत व्यवस्थापन कोषमा रकम सहयोग गरेको छ। नेपाल कम्युनिस्ट पार्टी निस्दी गाउँ संगठन कमिटी अध्यक्ष हेम बहादुर खाम्चाले गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुलाई ५१ हजार ५ सय रकम सहयोग गर्नुभएको छ। कोरोना रोग जोखिम न्यूनीकरणको लागि पार्टीको निर्णय अनुसार एकद्वार प्रणालीअनुसार रकम सहयोग गरेको अध्यक्ष खाम्चाले बताउनुभयो । सहयोग रकम बुझ्नुहुँदै गाउँपालिका अध्यक्ष सारुले उक्त रकम सही ठाउँमा प्रयोग गर्ने बताउनुहुँदै सहयोगको निम्ति धन्यवाद प्रकट गर्नुभयो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय