पाल्पा, जेठ ११ । सीमानामा अलपत्र नागरिकलाई उद्धार गरिएको छ । पाल्पाका स्थानीय तहको पहलमा कृष्णनगर र सुनौली नाकामा अलपत्र अवस्थाका युवकयुवतीलाई पाल्पा ल्याइएको छ । भारतबाट फर्केकालाई कोरोना परीक्षण गरी गाउँपालिका पठाउन सदरमुकाम तानसेनमा होल्डिङ क्वारेन्टिन सञ्चालनमा ल्याइएको छ । भारतबाट पाल्पा आउनेलाई क्वारेन्टाइनमा राखी पहिलो चरणमा कोरोना परीक्षण गरेर सम्बन्धित गाउँपालिकामा पठाइएको कोरोना हेल्पडेस्कका संयोजन टुकप्रसाद भट्टराईले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका अनुसार भारतबाट फर्केका ६६ जनाको पिसिआर गरिएको छ । रामपुर नगरपालिकामा २४, पूर्वखोला गाउँपालिकामा २१, निस्दी गाउँपालिकामा २३, माथागढीमा ३, रिब्दीकोट गाउँपालिकामा २, रैनादेवी छहरा गाउँपालिकामा दुई, तनहँुका एक र बाग्लुङका चार जनाको तानसेन क्वारेन्टिनमा पिसिआर परीक्षण गरिएको संयोजक भट्टराईले बताउनुभयो । कृष्ण नगर र सुनौली नाकामा अलपत्रलाई शनिबार पाल्पा ल्याइएको हो । कृष्णनगर नाकाबाट २७, सुनौलीबाट २७ र बर्दघाट हुँदै भित्रिएका चार जनालाई बर्तुङ र बतासेस्थित क्वारेन्टिनमा राखिएको संयोजक भटटराई बताउनुभयो । तानसेनस्थित होल्डिङ क्वारेन्टिनबाट २३ जनालाई गाउँपालिकामा ल्याइएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो । कोरोना परीक्षणपछि सम्बन्धित व्यक्तिलाई क्वारेन्टिनमा राखिएको बताइएको छ ।
गाह्रो साह्रो पर्दा नागरिकलाई सहयोग गर्नु सरकारको कर्तव्य हो । अहिले आफ्नो माटो सम्झेर आफ्नो जन्मभुमि सम्झेर आउन चाहाने भारत तथा तेस्रो मुलुकमा काम गर्ने हरु घर र्फकन चाहेका छन् यस बखत सरकारले सहयोग गर्न जरुरि छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय