पुनाराम सुनारी
पाल्पा ११जेठ । निस्दी गाउँपालिकाले भारतबाट आउने नेपालीहरुको निम्ती निर्माण गरेको क्वारेन्टाइन व्यवस्थापनमा निस्दी ४ झयाल्टुङका युवाहरु जुटेका छन् ।


झयाल्टङुको मित्याल आधारभुत विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनको भौतिक पक्ष व्यवस्थापनमा युवाहरु जुटेको परिवर्तनका लागि युवा निस्दीका अध्यक्ष रोमन गाहा मगरले बताउनु भयो ।
क्वारेन्टाइनमा बस्नेहरुको निम्ती बेड बनाउने,बार लगाउने,सरसफाई तथा खानेपानीको व्यवस्थापन लगाएतका कार्यहरुमा युवाहरुले सहयोग गरेको उहाँले जानकारी दिनु भयो ।


निस्दी गाउँपालिकाले भारतबाट आउने नेपालीहरुलाई लक्षित गरी २५० बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । हालसम्म पालिकाले १६० वेडको क्वारेन्टाइन निर्माण गरी सकेको र अन्य निर्माणको चरणमा रहेको बताएको छ ।


यसै विच हिँजोमात्र पालिकाले सुनौली नाकाबाट २० जना लाई उद्धार गरी ल्याएको छ । उनीहरुको पाल्पामा स्वाब निकालेर,सम्बन्धीत पालिका पठाइएको हो ,उनीहरु सबैलाई सहलकोटको अंशुवर्मा मावि मा राखिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय