बन्दना पोखरेल रामपुर पाल्पा बैशाख ७

बन्दा बन्दीको बेला सबै विकास निर्माण रोकिएको छ । यहि बेला सामाजिक दुरि कायम गर्दै राम्चे सामुदायिक बनले विकासका केहि काम गरेका छन् । पाल्पा जिल्लाको रामपुर स्थिीत राम्चे सामुदायीक बनलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिदै लगिएको छ । पाचँ बर्षमा सकिने गरि प्रदेश सरकार पर्यटन उद्योग बन तथा बातावरण मन्त्रालयले दिएको वजेटबाट अहिले पुर्बाधारको काम भैरहेको छ । २०४८ साल तिरबाट बन संरक्षणको कन्सेप्ट ल्याए सगँै बन संरक्षण गर्न थालिएको भए पनि समुदायलाई हस्तान्तरण भने २०५२ सालमा गरिएको थियो ।  समुदायले संरक्षण गर्न थाले पछि रातो नाङ्गो रहेको पाखा अहिले हरियो बन बनेको छ  ।  विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणले देशभरि लकडाउन भएको बेला भौतिक दुरि कायम गरि कामलाई निरन्तरता दिइएको राम्चे सामुदायिक बनका उपभोक्ता समितिका सचिव राधिका भण्डारिले जानकारि दिनुभएको छ ।

बनको र्पुवाधार विकासका लागि प्रदेश सरकारले ५० लाख विनियोजन गरेको हो । बिनियोजित ५० लाख मध्ये ८ लाख कन्टेन्जेन्सि कटाएर ४२ लाखको टेन्डर मोवाईल निर्माण कन्स्ट्रक्सन प्रालि रामपुर पाल्पालाई परेको थियो भने अहिले काम सम्पन्न भएको ठेकेदार पुर्साेत्तम केसिले बताउनु भएको छ ।

 समुद्री सतह बाट करिव ५०० मिटरको उचाईमा रहेको राम्चे सामुदायिक बन ९९ हेक्टर जमिनमा फैलिएको छ । अहिले करिव ५ हेक्टर जमिनलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिदै लगिएको छ । करिव दुई दशक अघि पिक्निक स्पोर्टस निर्माण बाट सरु गरिएको राम्चे सामुदायीक बनको भौतिक सरंचनामा अहिले धेरै परिर्वतन भएको छ । अहिले यहाँ पाचँ तलाको भ्यु टावर जसवाट रामपुर चापाकोट नवलपरासि  तनहुँका केहि क्षेत्र लगाएत गण्डकी बेशिको मनोरम दृश्यावलोकन गर्न सकिन्छ यो सगँै ५०० सिट क्षमताको सभा हल, भगवान रामको मन्दिर प्रयोगमा आईसकेको छ । त्रेतायुगमा भगबान रामचन्द्र १४ बर्ष बनबास बस्ने क्रममा यहाँ आएको पौराणिक कथा सगँ जोडिएको यो सुन्दर उपत्यका अहिले ढुगांको शहर बन्ने क्रममा छ विकासउन्मुख भइरहेको छ । धेरै घर कार्यलय जस्ता भौतिक संरचना निर्माण सगँै मानिसको बाक्लो बस्ति बढ्दै गएपछि ठूला कार्यक्रम गर्न दैनिक जस्तै सभाहल प्रयोगमा आउने गथ्र्याे अहिले भने लकडाउन सगँै यो ठाउँ सुनसान बनेको छ ।

चितुवा, मृग, कालिज जस्ता जनाबर पाइने यो बन क्षेत्रमा धेरै प्रकारका जडिबुटि समेत पाईने सचिव भण्डारि बताउनु हुन्छ ।

विपन्न समुहका लागि आर्थिक उन्नति गर्न भनि करिव ३ हेक्टर क्षेत्रफलमा अम्रीसो खेति गरेका छन् । जसले गर्दा प्रत्यक्ष रुपमा आर्थिक अवस्था कमजोर भएका उपभोक्तालाई फाईदा पुगेको छ । २० घरपरिवारले यस बाट प्रत्यक्ष फाईदा लिइरहेको अध्यक्ष कृतिनाथ श्रेष्ठले बताउनु भएको छ ।

 संयुक्त रुपमा बनमा १९ रोपनि क्षेत्रफलमा अम्रीसो खेति तथा काठ जन्य साल सिसौ चिलाउने लगायतमा रुख छन् । यहाँ आउने पर्यटक बाट दृश्यावलोकनका लागि सुल्कको व्यवस्था गरिएको छ, रु ३० देखि ५० सम्म र्तिनु र्पने हुन्छ भने हल प्रयोग गरे वापत १५सय तिर्नु पर्ने श्रेष्ठले वताउनु हुन्छ ।

 संरचना निर्माणका लागि रु ११ करोड पाचँलाख ३७ हजार बरावरको बजेट लाग्ने प्राविधिक अनुमान गरिएको सस्थाका अध्यक्ष कृतिनाथ श्रेष्ठले बताउनु हुन्छ । प्रदेश न ५ सरकारले छुट्टाईएको बजेटले बालउद्यान, सुबिधा सम्पन्न दृश्यावलोकन  र्गन सकिने स्तम्भ, मोटरबाटोको स्तर उन्नति, पानिको फोहरा, बगौचा लगाएत निर्माण गर्ने अध्यक्ष श्रेष्ठले जानकारि दिनुभएको छ । अहिले सम्म पानिको फोहराका केहि काम बाटो फराकिलो पार्दै सिडी निर्माण बाटो ढलान र विचमा फूलको क्यारि सहित ढुगांको  पर्खाल  गर्ने काम भएको छ ।

बनमा ३२१ बन उपभोक्ता रहेका छन् रामपुर उपत्यकाका धेरै ठाउका नाम भगवान रामको नाम बाट रहेको छ । रामले नुहाएको रामघाट रामले कुकुर बोलाएको राम चे ,रामले नुहाएको कुवा रामकुवा लगाएल रहेकोले यहाँ रहेको मन्दिरमा रामनोवमिमा पुजा गरीने गर्छ ।

कालिगण्डकीको दृश्यावलोकन गर्नका लागि गण्डकि बेशी क्षेत्रका मात्र नभई बुटवल पोखरा देखिका मानिस आउने र्गछन् । रामपुर क्षेत्रमा आउने हरेक आन्तरिक र्पयटकले राम्चेको भ्यु टावर बाट गण्डकि बेशि ननियाल्ने कमै होलान् सवै जसो मानिस एक पटक त्यहाँ पुगेकै हुन्छन् भन्नु हुन्छ सामुदयिक बन महासघंका केन्द्रिय सदस्य एव उपभोक्ता कृष्ण प्रसाद श्रेष्ठ । यसको आन्तरिक व्यवस्थापन सहित भौतिक पूर्वाधार सम्पन्न बनाउन सके पर्यटन र्पवधनमा टेवा पुग्ने श्रेष्ठको भनाइ रहेको छ । 

रामपुर क्षेत्रमा धेरै र्पयटकिय क्षेत्रहरु छन्, नेपाल सरकारले १०० गन्तव्यमा राखेको मानव निर्मीत ताल तालपोखरा भगबान राम सगँ जोडिएका धेरै धार्मिक तथा ऐतिहासिक क्षेत्र राममन्दिर, लक्ष्मीनारायणको मन्दिर, सिद्दवाबा, टापुधाम लगाएका धेरै क्षेत्र रहेका छन् । यिनिहरुको व्यवस्थापन सहित प्रचार प्रसार गर्न सके गण्डकि बेशि क्षेत्रको सान वाढ्ने साथै आर्थिक रुपमा समेत टेवा पुग्ने थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय