परेवा खबर संवाददाता
काठमाडौँ,८ जेठ । नेपाल सर्जिकल एसोसियसन (सान) र विभिन्न सर्जिकल सप्लायर्सहरुको सहकार्यमा कोभिड १९ विरुद्ध अग्रपक्तिंमा रहेर जनताको सुरक्षा गर्ने नेपाल प्रहरीलाई सर्जिकल सामाग्री हस्तान्तरण गरेको छ ।


महानगरीय ट्राफिक प्रहरी परिसर कोटेश्वर वृतलाई,पिपिइ सर्जिकल माक्स,एननाईन्टिन माक्स थर्मलगन,सेनिटराइ गगल्स लगाएतका सामाग्री उपलब्ध गराएको सर्जिकल सप्लायर्स संघका अध्यक्ष रोमन कायस्थले बताउनु भयो ।


सामाग्री ग्रहण गर्दै एसएसपी मिन प्रसाद ढकालले विश्व कोभिड १९ को समस्या सँग जुधिरहको र प्रहरीलाई पनि संक्रमण देखि राखेको अवस्थामा प्रहरीको सुरक्षाको निम्ती संघले सर्जिकल सामाग्री उपलब्ध गराईदिएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।

एसोसिएसनबाट कोभिड १९ विरुद्ध अग्रभागमा खटिनु भएका योद्धाहरुलाई सर्जिकल सामाग्री हस्तान्तण गरिरहेको र आगामी दिनमा पनि यस्ता खालको सहयोग र सहकार्यलाई निरन्तरता दिइराख्ने संघका प्रवक्ता आशिष प्याकुरले जानकारी दिनु भयो ।


सामाग्री हस्तान्तरण कार्यक्रममा संघका महासचिव सुदन पराजुली,कोषाध्यक्ष जीवन श्रेष्ठ र केन्द्रिय सदस्य श्रीधर अर्याल लगाएतको उपस्थिति रहेको थियो भने सामाग्री संकलन र व्यवस्थापन ओ.एस.वी टे«ड लिकले गरेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय