बन्दना पोखरेल रामपुर पाल्पा
बन्दा बन्दीको बेला सवै गाउँ फर्केका छन् बाझो जमिन खन्नु कृषी र्कम र्गनु सबै भन्दा उत्तम भनिरहेका छन् ।
निस्दी ४ मित्यालका लाल बहादुर खन्गाहले यहि कृषी कर्मलाई आफ्नोे पेशा बनाएका छन् । विगत ४ बर्ष देखि आफ्नो बारिमा तरकारि खेति र्गदै आएका खन्गाहा अहिले टमाटर, काक्रो, करेला, बोडिले उनको पाखो नै हरियो भएको छ ।
विदेशको दुख सम्झदैे त्यहाँ जस्तो यहाँ काम र्गने हो भने सुन फल्छ भन्न्दै आफ्ना दख सुनाए उनले आफ्नो पौरख प्रति गर्ब र्गदै बार्षीक साला खाला ४ लाख जतिको कारोवार गरेको बताउछन् ।
उनि अहिले ३० बर्षका भए यो उमेर सम्म आईपुग्दा उनि भारतमा करिव २ बर्ष बढि बसेका रहेछन् भने मलेसियामा साढे दुइ बर्ष बसेको भन्दै उनि करिव ६ महिना दुबै बसेका रहेछन् ।
विदेशमा पाएको पिडा सुनाउदै उनी भन्छन् आफ्नो भुमि जस्तो प्यारो कहि नहुने रैछ मेहनेत आफ्नौ ठाउँमा गर्नु पर्दाे रहेछ आफ्नौ बा, आमा, श्रीमति, छोरा छोरि सगँ दुख सुख बाढ्न पाईने रैछ ।
उनको घरमा अहिले श्रीमति र दुई छोरा छन् उनिहरुले उनलाई कृषी कर्ममा सहयोग गर्छन् । उनले गत बर्ष करिव तिन लाख जतिको कारोवार गरेको बताउछन् ।
यो बर्ष करिव ५ लाख आम्दानि हुने अनुमान गरेका छन् । उनको तरकारिको व्यापार पनि यहि गाउँमै र नजिकको मित्याल बजारमा हुने गरेको बताउछन् ।
गत आर्थीक बर्षमा उनलाई निस्दी गाउँपालिका बाट एक पलाष्टिक पोखरी निर्माण र्गन पलाष्ट्रिक अनुदानमा दिएको छ त्यसै गरि ६ वटा हाईटेक टनेल अनुदान सहयोग गरेको निस्दी गाउँपालिका कृषि शाखाका प्रमुख खेमराज कोईराला बताउछन् ।
निस्दीमा कृषि कर्म गर्ने र बजार नपाएमा त्यसको सहजिकरण कृषिशाखाले गर्ने शाखाका प्रमुख कोईरालाले बताउछन् ।