धनबहादुर ठाडा जेठ २ पाल्पा निस्दी गाउँपालिकामा नेपाल भन्दा अन्य बाहिरी मुलुकमा ३ हजार १ सय ४ जना रहेका छन। निस्दी गाउँपालिकामा स्थायी बसोबास भइ हाल अन्य देशमा रहनेको तथ्यांकअनुसार  सबैभन्दा बढी भारतमा १ हजार ५ सय १९ जना , मलेसियामा ५ सय ५३ जना , युएईमा ३ सय २३ जना , साउदी अरेबियामा २ सय ९४ जना साथै अन्य मुलुकमा ४ सय १५ जना रोजगारीको शिलशिलामा रहेको गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । यसरी विदेशमा रहनेहरुमा वडा नम्बर १ बाकामलाङका ४ सय २६ जना , वडा नम्बर २ सहलकोटका २ सय ९१ जना , झिरुबासका ३ सय ९७ जना , मित्यालका ३ सय ७२ जना , वडा नम्बर ५ गल्धाका ७ सय ३० जना , अर्चलेका ५ सय १३ जना र वडा नम्बर ७ ज्यामिरेका ३ सय ७५ जना रहेको निस्दी गाउँपालिका स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । कोरोना रोग जोखिम न्यूनीकरणका लागि निस्दीले अन्य वाहिरी मुलुकबाट आएका र छिमेकी जिल्लाबाट आएका सबैलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राखिने प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय