काठमाडौँ, वैशाख ३० गते । अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसले आफ्ना कर्मचारीलाई मास्क लगाउन निर्देशन दिएको छ ।

दुईजना सहयोगीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएपछि ह्वाइट हाउसले यस्तो सतर्कता अपनाउन निर्देशन दिएको हो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ह्वाइट हाउस कार्यालयले कर्मचारीलाई आआफ्नो स्थानमा बसेर काम गरेको बाहेकको अवस्थामा अनिवार्यरुपमा मास्क लगाउनुपर्ने जनाएको छ । उपराष्ट्रपति माइक पेन्स र राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीमा कोभिड–१९ को संक्रमणको पुष्टि भएपछि जोखिम न्यूनिकरण गर्न यस्तो सतर्कता अपनाइएको हो । राष्ट्रपति ट्रम्पले उक्त नीति आवश्यक रहेको बताउनुभयो ।


सोमबार ह्वाइट हाउसस्थित रोज गार्डेनमा सञ्चारकर्मीहरूसँग कुराकानीका लागि उपस्थित हुनुभएका राष्ट्रपति ट्रम्पले भने मास्क लगाउनुभएको थिएन । मास्क बिना नै सञ्चारकर्मीहरूमाझ उपस्थित हुनुभएका राष्ट्रपति ट्रम्पले सबैभन्दा टाढा रहेको भन्नुहुँदै आफूलाई निर्देशिका पालनाको जरुरी नरहेको टिप्पणी गर्नुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय