पाल्पा रामपुर बन्दना पोखरेल
पाल्पाको रामपुर नगरपालिका वडा न ६ ले अनुदानमा धानको विउ वितरण गरेको छ । वडा न ६ को वडा कार्यालय बाट धानको विउ वितरण भैरहेकोे हो । कृषको विउ मागको आधारमा धानको विउ वितरण गरीएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनु भएको छ ।

वडा न ६ मा एक कार्यक्रमका विच विउ वितरण गरीएको हो । वडा कार्यलयमा कृषकले दिएको निबेदन अनुसार विउ वितरण गरिएको छ । पचास प्रतिशत अनुदानमा सावित्री २हजार ७ सय ६५ किलो ३३ रुपयामा किलोको दरले र रामधान २सय ६० किलो ३५ रुपयाको दरले १६० जनालाई वितरण गरेको वडा सचिव बासुदेव ढकालले जानकारि गराउनु भएको छ । त्यस्तै गरि मनसुलि बाढ्ने तयारि भैरहेको ढकालले बताउनु भएको छ ।


विउ वितरण कार्य आईतबार १,२,३,५र ७ मा भएको हो भने हिजो सोमबार ४ र ६ मा भएको कृषी शाखा प्रमुख रामहरि पाण्डेले जानकारि दिनुभएको छ । अहिले रामपुरमा सावित्री , रामधान र सावा मन्सुलि जातका विउ को बढि माग भएको र सोहि अनुसार वितरण भैरहेको छ ।

सावित्री धानको विउ२७ टन , करिव ८ क्युन्टल साबा मन्सुली र रामधान वितरण हुन भएको छ । गत बर्ष नगरपालिकाले ८ क्युन्टल विउ वितरण गरेकोमा यस वर्ष कोरोनाको कहरको विचमा पनि धानको विउको माग वड्नु सकारात्म रहेको छ । धानको विउ पाए सगँै कृषक खुशि देखिन्छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय