नयाँदिल्ली।दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतमा हालसम्म २८ जना नेपालीमा कोरोना भाइरस(कोभिड(१९)को संक्रमण पुष्टि भएको छ भने १ जनाको निधन भएको छ।

संक्रमित नेपालीहरुमध्ये २३ जना रोजगारीका लागि भारतमा बस्दै आएका छ्न भने अन्य ५ जना केही महिनाअघि मात्र भारत गएका थिए भने संक्रमित नेपालीहरुमध्ये १ जनाको निधन भइसकेको छ र १२ जना उपचारपछि निको भइसकेका छन।

पाल्पा घर भएका ती संक्रमित नेपाली कामकै सिलसिलामा रोहतकमा बस्दै आएका थिए।निधन हुनेमा हरियाणा रोहतकका ४५ वर्षीय पुरुष छन भने अरु १५ जनाको उपचार भइरहेको दूतावासले जनाएको छ।

पछिल्लो संक्रमण बैतडी,दोगडा केदार गाउँपालिकाका २३ वर्षीय पुरुषमा देखिएको छ भने संक्रमित नेपाली एसियाकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार मानिने आजादपुर तरकारी बजारको एउटा फलफूल पसलमा काम गर्दै आएका थिए।

बजारमा सुदूरपश्चिमका धेरै युवाहरुले काम गर्ने गर्छन भने स्वास फेर्न गाह्रो हुने र छाती पोल्नेलगायतका कोरोना भाइरसको लक्षण देखिएपछि बिहीबार उनको स्वास्थ्य परीक्षण गरिएको थियो।स्वास्थ्य परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको सुदूरपश्चिम नेपाली समाजले जनाएको छ।

संक्रमण देखिएपछि उनलाई पहिले रामनोहर लोहिया कोरोना अस्पताल लगिएको थियो भने त्यहाँ बेड खाली नभएपछि सुल्तानपुरीको क्वारेन्टाइन सेन्टरमा राखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको समाजले जनाएको छ।

संक्रमित नेपालीहरुमध्ये पनि सबैभन्दा बढी महाराष्ट्रका रहेका छ्न महाराष्ट्रको मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको सुदूरपश्चिम अछाम मूल घर भएको १ नेपाली परिवारका ८ जनामा कोरोना भाइरस पुष्टि भएको थियो भने संक्रमित सबैजना उपचार पछि निको भइसकेका छन।

मुम्बईकै थानेमा रहेका अन्य ३ जनामा नेपाली कामदारहरु पनि संक्रमण देखिएको छ,कैलाली घर भएका उनीहरुको उपचार चलिरहेको दूतावासले जनाएको छ भने मुम्बईकै दानावरमा बस्ने अर्का एक ५७ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको पोजिटिभ देखिएको र उनको पनि स्थानीय उपचार भइरहेको बताइएको छ।

महाराष्ट्रकै अर्को सहर पुनेमा बस्दै आएको अछामको एकै परिवारको ३ जना संक्रमित भएका छन् भने २८ वर्षीय घरमूभनेउनकी २२ वर्षीय श्रीमती र ५ महिनाका छोरामा भाइरसको देखिएको छ भनेव उनीहरु सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको दूतावासले जनाएको छ।

त्यसैगरी,हरियाणाको गुडगावँस्थित एउटा औषधी पसलमा काम गर्दै आएकी ३१ वर्षीय महिला नर्समा पनि संक्रमण पुष्टि भएको छ भने नवलपरासी घर भएकी ती महिला नर्सको हाल उपचार चलिरहेको र अवस्था सामान्य रहेको दिल्ली स्थिति दूतावासले जनाएको छ।कान्तिपुर समाचारको सहयोगमा।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय