धनबहादुर ठाडा , पाल्पा वैशाख २४ पाल्पा निस्दी गाउँपालिकामा क्वारेन्टाइनमा बसेका २७ जनाको आरडिटी टेस्ट नेगेटिभ आएको छ। विदेशबाट आएका तथा क्वारेन्टाइनमा बस्दै आएका १४ दिन पुग्ने व्यक्तिहरुको तालिमप्राप्त स्वास्थकर्मीबाट आरडिटी टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएका २७ जनालाई पालिकाले आज घर पठाएको छ। सरस्वती मावि निस्दी( ५ , गल्धाका १० जना, गौरीशंकर मावि निस्दी(४, मित्यालका ४ जना र जनपृय मावि निस्दी(७ , ज्यामिरेका १३ जना गरि कुल २७ जनालाई निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले धन्यवाद पत्र प्रदान गरेर घर पठाएको हो। यसअघि निस्दीले क्वारेन्टाइनमा बस्दै आएका १२ जनालाई घर पठाइसकेको थियो । यसैबीच गौरीशंकर मावि निस्दी ( ४ मित्यालमा बुधबार काठमाडौबाट आएका १ जना र चितवनबाट आएका २ जना गरि ३ जना राखेसंगै निस्दीमा हाल २२ जनालाई क्वारेन्टाइनमा राखेको स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । कोरोना रोगको जोखिम न्यूनीकरणका लागि निस्दीले अन्य छिमेकी जिल्लाबाट आएकालाई समेत अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्दै आएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय