धनबहादुर ठाडा , पाल्पा / वैशाख २१ पाल्पा निस्दी गाउँपालिकामा क्वारेन्टाइनमा बसेका १२ जनाको RDT टेस्ट नेगेटिभ आएको छ। विदेशबाट आएका तथा क्वारेन्टाइनमा बसेका १४ दिन पुगेका व्यक्तिहरुको तालिमप्राप्त स्वास्थकर्मीबाट RDT टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएका सबैजनालाई गाउँपालिकाले घर पठाएको छ । सरस्वती मावि निस्दी -५, गल्धा क्वारेन्टाइनमा बसेका १० जना र गौरीशंकर मावि निस्दी-५, मित्यालको क्वारेन्टाइनमा बसेका २ जना गरि १२ जनालाई गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले धन्यवाद पत्र प्रदान गरेर घर पठाएको छ। यससँगै निस्दीमा क्वारेन्टाइनमा बस्नेको संख्या ४४ जना रहेको स्वास्थ शाखा संयोजक रेमबहादुर दिशाले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय