खेतान स्पोर्टस फाउण्डेशन
इटहरी ६,सुनसरी प्रदेश नं १, नेपाल

खेतान स्पोर्टस फाउण्डेसनले नेपालमा खेलकुद संस्कृतिको प्रवद्र्धन र विकासको लागि आफ्ना सुरुवाती पाइला चालेको यहाँहरुलाई जानकारी गराउन चाहान्छौँ । यही जनवरी २०२० मा श्री विकास खेतान ज्यूको पहलमा यस संस्थाको स्थापना भएको हो । उहाँ आफै एक व्याडमिन्टन प्लेयर /अम्पाएर हुनुन्छ ।


हाल उहाँ,सिम्बायोसिस इन्टरनेसनल (डीम्ड युनिभर्सिटी) बाट सिम्बायोसिस स्कुल अफ स्पोर्टस सायन्स,पुणे,भारत अन्र्तगत खेलकुद व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) डिग्री गर्दैहुनुन्छ । उहाँको सपना भनेको नेपालका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीतमा भाग लिएर पदकहरु पाएको हेर्नु हो ।


उहाँले नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा,व्याडमिन्टन लाइन जजको भुमिका निर्वाह गर्नु भएको थियो । साथै उहाँले थप आफ्नो विश्वविद्यायलयको इन्र्टनशिप पनि पुरा गर्नु भएको थियो ।


हाल (कोभिड १९) को विश्वमा महामारी भएको कारण खेतान स्पोर्टस फाउण्डेसनले “ Stay Home,Stay Safe चलनको अनुसरण गरी,जसमा सबै खेलाडी,विभिन्न फेडरेशनका अंम्पाएरहरुले ड्रिल र चुनौतीका भिडियोहरु साझेदारी गरेर हामीलाई घर भित्र रहनका लागि सजग गराउन सहयोग गरिरहेको छ ।


खेतान स्पोर्टस फाण्डेशनको पहलमा विश्वभरका सबै खेलाडी र अम्पाएरहरुले समर्थन गर्दै आएका छन् । खेतना स्पोर्टस फाउण्डेनशनले जागरुकता अभियानका लागि नेपाल,भारत,बंगालदेश,मलेसिया,जर्मनीबाट भिडियोहरु प्राप्त गरेको थियो ।

जसमा ब्याडमिन्टन कप चुनौती,ब्याडमिन्टन ड्रिलहरु,घर अभ्यासहरु बास्केटबल ड्रिलहरु टेबल टेनिस ड्रिलहरु र धेरै प्लेयरहरुको जागरुक्ता भिडियोहरु छन् ।


नेपाल अरु राष्ट्रभन्दा खेलकुदमा पछी परेको छ । त्यसैले यस परिदृष्यलाई हेर्दै खेतान स्पोर्टस फाउण्डेसनले आफ्नो यात्राको दौरानमा बाहिरबाट सिकेका ज्ञान र सीपहरु साझा गरेर महत्वपुर्ण कार्य गर्न तथा खेलाडी युवालाई खेल शिक्षा दिने उदेश्य हो ।

Social Media Handles of Khetan Sports Foundation:

  1. Vikash Khetan
  2. Facebook: https://www.facebook.com/v2vikash
  3. Instagram: https://www.instagram.com/khetan_vikash/
  4. Vishal Khetan
  5. Instagram: https://www.instagram.com/iamkhetan/
  6. Instagram: https://www.instagram.com/captivating_nepal/


50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय