वैशाख १८, पाल्पा
अहिले देशमा मात्र हैन पुरै संसार कोरोना भाईरसको महामारिमा परेका वेला आर्थिक गतिविधि हुन नपाएकाले सहकारिहरु सेवाग्राहिको सुख र दुखमा सहकार्य गर्न रामपुर वचत तथा ऋण सहकारी संस्था र अन्धकार मुक्ति बचत तथा ऋण सहकारि सस्ंथाले आफ्नो सन्चालक समितिको बैठक बाट र्निणय गरेको हो । रामपर बचत तथा ऋण सहकारि सस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले सदस्य सेवा नै पहिलो प्राथमिकता रहेकाले लकडाउनको समयलाई मध्यनजर गर्दै व्याज रकम छुट दिइएको बताउनुभएको छ । संस्थाले नाफामुखी मात्र नभई सेवामुखी कार्यलाई जोड दिएर लकडाउनले व्यापार, व्यवसाय, उद्योग क्षेत्रमा ठुलो असर पारेकाले संस्थाबाट ऋण लिएका सेयर सदस्यलाई व्याजमा पाँच प्रतिशत रकम छुट दिने भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यसै गरि अन्धकार मुक्ति बचत तथा ऋण सहकारि सस्थांले सेयर सदस्यको मर्कालाई मध्य नजर गर्दै दश प्रतिशत व्याज छुट दिने र्निणय गरेको गरेको सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले बताउनु भएको छ

रामपुर बचत तथा ऋण सहकारिले चैत र वैशाख महिना भित्र बुझाउनुपर्ने ऋण वैशाख मसान्त भित्र बुझाएमा व्याजमा पाँच प्रतिशत छुट दिने उहाँ बताउनुहुन्छ । संस्थाबाट ऋण लिएर व्यापार, व्यवसाय गरेका सदस्यहरु मारमा परेकाले थोरै भएपनि राहत पुगोस् भनी व्याज छुट दिइएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।
“लकडाउनको समयमा व्यापार व्यवसाय बन्द हुदा सदस्य सेवालाई मध्यनजर गर्दै व्याज वापत पाँच प्रतिशत रकम छुट दिनेछौँ” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
सहकारीले आईतवार, सोमवार, बुधवार र बिहिवार बिहान ११ वजे देखि दिउँसो १ वजे सम्म कार्यालय संचालन गरी सेवा दिदै आइरहेको सचिव लेखनाथ शर्मा मरासिनीले बताउनुभयो ।
सहकारीले कोरना भाइरस सङ्क्रमणको जोखिमका बाबजुद पनि लकडाउनको पालना गरेर सेवा दिइरहेको व्यवस्थापक रामचन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।
त्यसै गरी अन्धकार मुक्ति बचत तथा ऋण सहकारी सस्थाले जेठ महिना भित्रमा व्याज बुझाएमा दश प्रतिशत छुट दिने निर्णय गरेको सस्थामा अध्यक्ष देबकोटाले बताउनु भएको छ । सहकारि लकडाउनको पालना गर्दै आईतबार , मगंलबार र विहिबार विहान १० बजे देखि १ बजे दिउसो सम्म सेवा प्रबाह र्गदै आएको व्यवस्थापक दिपेन्द्र प्रसाद पौड्यालले जानकारि दिनु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय