विश्व भर कोरोनाको सन्त्रालले मानिस गुफा पसेका छन् । हाम्रो देशमा पनि लकडाउन छ लकडाउनको फाईदा उठाउदै समाजलाई आंकरान्त पर्नेको पनि कमि छैन । यस्तै भएको छ तानसेन पाल्पामा, तानसेन नगरपालिका ७ बर्तुङमा रहेको सरस्वती मेडिकल हलमा प्रहरीले खानतलालासी गर्ने क्रममा मेडिकल सञ्चालक सरस्वती खनालको कोठाबाट लागूऔषध गाजा फेला परेको छ ।
मेडिकल हलबाट अबैध औषधी बिक्री गरेको सूचनाका आधारमा खानतसाली गर्दा मेडिकल सञ्चालक खनालको भान्साघरबाट ३ सय ग्राम गाजा फेला परेको र त्यहि मेडिकल हल संचालकका छोराको कोठामा टिनको बाकसभित्र लुकाईछिपाई राखेको ट्राडोमल होइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामोल ५० र ११ प्याकेट भित्र ३२९५ वटा क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।
मेडिकल संचालक खनालले गैरकानुनी रुपमा औषधी बिक्रीका लागि घरमै राखेको पाइएको र उक्त औषधी के काममा प्रयोग भईरहेको छ भन्ने अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपि दिपेन्द्र जिसीले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको बताए । खनालसँगै उनका छोरा २३ वर्षिय छोरा विवेक कार्की र प्रकाश कार्कीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय