पाल्पा रामपुर पाल्पाका बिभिन्न स्थानीय तहहरुले आफ्नो पालिका अन्र्तगतका बिदेशमा रहेकाहरु र फर्कन चाहनेहरुको तथ्यांक संकलन गर्न थालेका छन् । कोरोनाका कारण भारत सहित अन्य सबै देशहरुमा रहेका आफ्नो पालिकाका बासिन्दाहरु र उपयुक्त समय मिलेमा फर्कन चाहनेहरुको नाम स्थानीय तहहरुले सकंलन गर्न थालेका हुन् । जिल्लाको निस्दी गाउँपालिकाले आफ्ना सबै वडा र टोल टोलबाट बिदेशमा रहेकाहरुको तथ्यांक संकलन कार्य सम्पन्न गरेको छ । यसरी तथ्यांक संकलन गर्नेमा निस्दी पाल्पाकै पहिलो हो । निस्दीबाट भारत सहित तेस्रो मुलुकमा २ हजार ८ सय ९७ जना रहेकोमा उपयुक्त समयमा घर फर्कन चाहनेहरुको संख्या ४ सय ३५ जना रहेको गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भएको छ ।

अहिलेको समयमा उनीहरुलाई घर फर्काउन नसकिएपनि पछि नेपालको स्थिति सामान्य भएपछि उनीहरुलाई अवस्था रहेमा आवश्यक क्वारेन्टाइन तथा अन्य ब्यवस्थापन तयारीका लागि पनि सहयोग होस भन्ने उद्देश्यले यसप्रकारको तथ्यांक संकलन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले बताउनु भएको छ । यो समयमा तथ्यांक संकलन गर्दा आफ्नो पालिकाबाट बाहिर रहेकाहरुको बिबरण पनि आउने र अन्य तयारीहरु पनि गर्नका लागि सहज हुने भएकोले प्राथमिकताका साथ तथ्यांक संकलन गरिएको उहाँले बताउनु भएको छ । प्रदेश नं. ५ सांसदहरु सहित जिल्ला समन्वय समितिका प्रमुख लगायतको पालिका स्तरीय अनुगमन तथा अन्र्त्क्रियाका क्रममा प्रदेश सांसद नारायण प्रसाद आचार्यले निस्दीको यो प्रयास नेपालमै नमुनाको रुपमा रहेको बताउनु भएको छ । उहाँले यो अभियान जिल्लाका सबै स्थानीय तहहरुले संचालन गर्नुपर्ने यसले समग्र जिल्लाबाटै बिदेशमा रहेकाहरुको र फर्कन चाहनेहरुको तथ्यांक निकाल्न सहज हुने बताउनु भएको छ ।

प्रदेशसभा सदस्य युवराज खनाल, अर्का प्रदेशसभा सदस्य रमा घर्ती, जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख मिरा मरासिनी, जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवाली, पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले कोरोना संक्रमण फैलन नदिन निस्दी गाउँपालिकाले संचालन गरेका अभियानहरु प्रशसंनीय रहेको बताए । निस्दीमा कोरोना अभियान प्रभावकारी लकडाउन कार्यान्वयन गराउन पालिकाले स्थानीय सुरक्षा निकायसितको सहकार्यमा प्रभावकारी कार्यक्रम चलाएको बताइएको छ ।
हाल यहाँ ७ वटै वडामा १ सय ५३ बेड क्षमताको क्वारेन्टाइन रहेको र अहिले ५३ जना ब्यक्तिहरु क्वारेन्टाइनमा रहेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । पहिलो चरणमा दैनिक ज्यालादारीबाट गुजारा चलाउँदै आएका २ सय ८६ परिवारलाई खाद्यन्न बितरण गरिएको, क्वारेन्टाइनमा रहेकाहरुलाई खानाको ब्यवस्था पालिकाले नै गरेको, पोष्टर पम्पलेट सहित माइकिंग र सञ्चारमाध्यमबाट चेतना फैलाइएको, पालिकाले बिभिन्न नाकाहरुमा स्वास्थ्यकर्मीहरु खटाई स्वास्थ्य चेक जाचको प्रवन्ध मिलाएको, ४८ थान पिपिईको ब्यवस्था रहेको उनले बताए । पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय