धनबहादुर ठाडा , पाल्पा रामपुर वैशाख १४ पाल्पा निस्दी गाउँपालिकामा क्वारेन्टाइनमा बस्नेको संख्या ५२ जना पुगेका छन। कोरोना रोगको जोखिम न्यूनीकरणगर्नको लागि निस्दीले नेपाल भित्रकै विभिन्न मुख्य( मुख्य शहर तथा क्षेत्रबाट आउनेलाई पनि अनिवार्य रूपमा क्वारेन्टाइनमा राखेको छ।

हालसम्म वडा नम्बर २ सहलकोटको आंशुवार्मा माविमा ७ जना , गौरीशंकर मावि निस्दी(४, मित्यालमा ६ जना , वडा नम्बर ५ गल्धाको सरस्वती माविमा २० जना , वडा नम्बर ६ अर्चलेको गोरखनाथ माविमा ६ जना र जनप्रिय मावि निस्दी(७ , ज्यामिरेमा १३ जनालाई क्वारेन्टाइनमा राखेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । वडा नम्बर १ बाकामलाङ र वडा नम्बर ३ झिरुबासमा भने अहिलेसम्म कसैलाई क्वारेन्टाइनमा राख्न नपरेको अध्यक्ष सारुले बताउनुभयो ।

पालिकाले आवश्यक परेको खण्डमा १ सय ५३ वेड क्षमताको क्वारेन्टाइन सामग्री तयारी अवस्थामा राखेको प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले बताउनुभयो । क्वारेन्टाइनमा राखेका सबैको दैनिक स्वास्थ परिक्षण गरेको र सबैको अवस्था सामन्य रहेको स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । निस्दीले कोरोना रोगको जोखिम न्यूनीकरणको लागि दैनिक रूपमा जनप्रतिनिधि , स्वास्थकर्मी , कर्मचारी , प्रहरी लगायतको टोलि गाउँगाउँमा प्रचारप्रसार तथा अनुगमन गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय