रामपुर  पाल्पा                                                                                                      बन्दना पोखरेल

पाल्पाको रम्भा गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र बालपोषण भत्ता घरमै गएर वितरण गरिरहेको छ ।

गाउँपालिकाका दुई हजार ५५७ जनालाई घरमै पुगेर भत्ता वितरण भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । सामाजिक दूरी कायम गरेर स्यानिटाइजर, मास्क, पञ्जालगायत सामग्रीका साथ भक्ता वितरण भएको छ ।

गाउँपालिकाका पाँच वडामा जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको हो । लकडाउनका समयमा समयमा नै नपाउँदा समस्यामा परेका नागरिक अहिले घरमै आएर जनप्रतिनिधि र कर्मचारीले भत्ता दिँदा दङ्ग छन् ।

यसबाहेक गाउँपालिकाले दीर्घरोगी र नियमित औषधि सेवन गरिरहेका नागरिकलाई पनि घरघरमा पुगेर निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । मुटु, दम, रक्तचाप, थाइराइड र युरिक एसिडका बिरामीलाई सोहीअनुसारका औषधि तथा सुत्केरी र गर्भवती महिलालाई आइरन चक्की वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय