धनबहादुर ठाडा , पाल्पा / वैशाख ६ पाल्पा निस्दी गाउँपालिकाले बाटोमा अलपत्र परेका १४ जना मजदुरलाई उद्दर गरेको छ। मकवानपुरको हेटौंडादेखि नवलपुर हुँदै निस्दी गाउँपालिकामा आइपुगेका १४ जना मजदुरहरुलाई पालिकाले खाना तथा नास्ता खुवाएर सम्बन्धित पालिकाहरुसंग समन्वय गरेर आ-आफ्नो जिल्लामा पठाएको छ। उद्दर गर्ने मजदुरहरुमा रम्भ गाउँपालिका पाल्पाका ३ जना , पुतलीबजार नगरपालिका स्याङ्जाका २ जना , जयमुनी नगरपालिका बागलुङका ३ जना , गुल्मीको कालीगण्डकी गाउँपालिका २ जना चन्दकोट गाउँपालिका ३ जना र रुरु गाउँपालिकाका १ जना गरि १४ जना मजदुरहरुलाई पालिकाले गाडीको व्यवस्था गरेर रामपुर नगरपालिकासम्म र त्यहाँबाट सम्बन्धित जिल्लाका पालिकाले लिन आउने गरि पठाइएको अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो। उनीहरुको स्वास्थ परिक्षण गर्दा सामान्य रहेको निस्दी गाउँपालिका स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय