रामपुर पाल्पा                                                                                                               वैशाख ५

पाल्पा जिल्ला निस्दी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगद तथा खाद्यान्न गरि करिब ७ लाख जम्मा भएको छ । हाल सम्म निस्दी गाउँपालिकाको कार्यलयमा मात्रै  नगद र अन्य खाद्यान्न तथा स्वास्थ सामग्री गरि करिब ७ लाख बराबरको सहयोग प्राप्त भएको हो ।   १ नम्बर वडा कार्यालय बाकामलाङमा पनि केहि सहयोग प्राप्त भएको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभएको छ  ।

 होङशी शिवम सिमेन्ट प्रालि नवलपुरले नगद ३ लाख ,  रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुरले ९० हजार बराबरको खाद्यान्न सहयोग , नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था नवलपुरले नगद ६० हजार , अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुरले नगद ५० हजार ,  पोख्रेल कन्ट्रक्शन प्रालि रामपुरका प्रोपइटर केशव पोख्रेलले नगद ५१ हजार र १० बेड क्वारेन्टाइनको लागि  सामग्री  , नेकपा पाल्पा अध्यक्ष तथा प्रदेश संसद नारायण आचार्यबाट नगद ३० हजार , गल्धा महिला उधमी सहकारी संस्थाबाट नगद २६ हजार , जलदेवी महिला उधमी सहकारी संस्था सहलकोटबाट नगद २५ हजार , निशानीदेवी सामुदायिक बन मित्यालबाट नगद १५ हजार , बेस नेपालबाट नगद  १० हजार , गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुबाट नगद १० हजार सहयोग प्राप्त भएको छ। साथै अन्य विभिन्न सहकारी संस्था तथा व्यक्तिहरुले पनि सहयोग गर्ने आश्वासन दिएको अध्यक्ष सारुले बताउनुभयो । हालसम्म निस्दी गाउँपालिकाले पालिका भित्रका २ सय ८६ घर  गरिव तथा विपन्न परिवारलाई राहत बाँडीसकेको छ। अब तत्कालै कार्यपालिकाको वैठक बसेर  दोस्रो चरणको राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त  अर्यालले बताउनुभयो । निस्दी गाउँपालिकाले सनराईज बैंकको  प्रकोप व्यवस्थापन खाता नम्बर ०८७०५६०८१८७०३००५ मार्फत सहयोग रकम जम्मा गरि एकद्वार प्रणालीबाट राहत वितरण गरिने यसअघिनै निर्णय गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय