बन्दना पोखेल
रामपुर (पाल्पा), २९ चैत

रामपुर वचत तथा ऋण सहकारी संस्थाले रामपुर नगरपालिकालाई खाद्यान्नका सामग्री राहत सहयोग गरेको छ । कोरना भाइरस सङ्क्रमणबाट सजगता रहन सरकारले जारी गरेको लकडाउनका समय बिहान साँझ दैनिकि गुजारा चलाउन समस्यामा परेका नागरिकका लागि सहकारीले खाद्यान्न सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको छ । शनिवार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापालाई सहकारी अध्यक्ष रामजुप्रसाद श्रेष्ठले, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, संस्थाका पदाधिकारी, पत्रकार लगायतको रोहबरमा राहत सामग्री हस्तान्तरण गरिएको हो ।

संस्थाको कार्यक्षेत्र रहेको रामपुर नगरपालिका, निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका वडा नं १ का अति विपन्न दैनिक ज्यालादारीमा जीवन धान्ने नागरिकलाई राहत स्वरुप खाद्यान्न लगायतका सामग्री वितरण गरेको अध्यक्ष राजुप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।

सहकारीले रामपुर नगरपालिकामा एक सय, निस्दी गाउँपालिकामा एक सय र पूर्वखोला गाउँपालिका १ मा पचास घरपरिवारका लागि राहतबापत चामल, ते, नुन, दाल लगायतका विभिन्न खाद्यान्नका सामग्री सहयोग गरिएको व्यवस्थापक रामचन्द्र अधिकारीले बताउनुभयो । नगरपालिका कार्यालयमा भएको राहत सामग्री वितरण कार्यक्रमको संचालन संस्थाका सचिव लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय