पाल्पा रामपुर बन्दना पोखरेल
धादिङबाट ३ दिन सम्म दिनरात हिडेर घर आएका ६ जना युवाहरुलाइ पुर्वखोला गाउपालिकाले क्वारेन्टाइनमा राखेको छ। पुर्वखोला गाउपालिका वडा नम्बर ४ देविनगरको धापखोला घर भएका युवाहरुलाई धापखोलाको मुकुन्द प्रा विमा क्वारेन्टाइनको व्यवस्था गरि राखेको हो। धादिङमा श्रम मजदुर गरि आएका युवाहरु लकडाउनका कारण काम गर्न नपाएकोले खानपिनको समस्या भए पछि तीन दिन रातदिन हिडेर हिज घर आएको हिरा डालाले बताउनु भयो ।बाहिरबाट केही युवाहरु घर आउदै गरेको सुचना पाउना साथ उनिहरुलाई आवश्यक सम्पूर्ण तयारी गरि आफ्नै गाउमा रहेको मुकुन्द विद्यालयमा क्वारेन्टाइनको व्यवस्थापन मिलाएको देविनगर वडाका वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठले बताउनु भयो । आज क्वारेन्टाइनमा बस्ने युवाहरुको स्वास्थ्य परिक्षण वस्ने ठाउमा किटनासक औषधि छर्कनुका साथै जोरो नाप्ने डिजिटल थर्मा मिटर प्रत्येकलाई एक एक वटा सेनिटाइजर मास्क लगाएका आवश्यक पर्ने औषधि व्यवस्थापन गरेको छ। स्वास्थ्य परिक्षणमा पुर्वखोला गाउपालिका स्वास्थ्य शाखाका प्रमुख मोहन ढकाल देविनगर स्वास्थ्य चौकिका प्रमुख महेन्द्र बा जि सि अनमि शान्ता बमरेलले स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।गाउपालिकाका अध्यक्ष नुन बन थापाले क्वारेन्टाइनको अनुगमन गर्दै क्वारेन्टाइनमा बस्दा सम्म आवश्यक सम्पूर्ण स्वास्थ्य परिक्षण वस्ने खाने मनोरजनका व्यवस्थापन पालिकाले गर्ने भएकोले अनुशासित रुपमा बस्न आग्रह गर्दै सिलुवाको जनमार्ग मा वि मा भए २१ जनालाई हिजमात्र घर फर्काएको र आफुहरुलाइ केही समस्या परेमा तुरुन्त सम्पर्क गरे जुनसुकै समयमा पनि सहयोग गर्ने बताउनु भयो ।क्वारेन्टाइनमा दैनिक अन्डा सहित पौष्टिक खानपिन वस्ने खेल्ने व्यवस्थापन गरेकोमा गाउपालिकालाइ धन्यवाद दिदै केही समस्या नरहेको क्वारेन्टाइनमा बस्नेहरुले बताए ।क्वारेन्टाइनमा बस्नेहरुको दैनिक बिहान साझ ज्वोरो नाप्ने र त्यसको रिपोर्ट स्वास्थ्य शाखालाई जानकारी दिन देविनगर स्वास्थ्य चौकिलाइ जिम्मा दिएको छ।क्वारेन्टाइनमा वसेका अभिभावक स्थानीय बासिन्दाहरुलाइ कोरोना भाइरस के हो यसका लक्षण रोगथामका उपाए क्वारेन्टाइन भएको स्थानमा ख्याल गर्नु पर्ने विषयमा समेत सिकाएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय