रामपुर पाल्पा चैत्र २१
रामपुर नगरपालिकाले रामपुर नगरक्षेत्रको मुख्य वजार अनुगमन गरेको छ । नगरपालिकाका नगरउपप्रमुख बिष्णु देवि घिमिरे आर्चायको नेतृत्वमा भएको अनुगमनमा केहि अवैधानिक पसलहरु सिल गरेको छ । केहि फलफूल तथा तरकारि पसल र एक होटललाई हिजो केहि समय सिल्ड गरेको हो । सिल्ड गरीएको पसलका पसल सन्चालकहरुले विना मौसमको बाजा जस्तै भएको बताएका छन् । उपप्रमुख एवम् अनुगमन समितिका सयाेंजक बिष्णु देवि घिमिरे आर्चायले गैरकानुनि रुपमा नगरपालिकामा र्दता नभएका र जिल्लामै कहि पनि र्दता नभएका पसल बन्द गरिएको बताउनु भएको छ । त्यस विचमा केहि पसल कहि र्दता नभएका बोड समेत नभएका पाईयो भने होटल आकृति नगरपालिकामा दर्ता नभएको पाईयो त्यसैले सिल्ड गरिएको र पटि वडाध्यक्ष मार्फत चावि बुझाएको बताउनु भएको छ । वडाध्यक्ष हिमाल मल्लले सोहि कुरालाई दोहो¥याउदै पटक पटक भन्दा पनि अटेरि गरेपछि सिल्ड गरीएको भन्दै विहान ११ बजे तिर नै चावि लिन बोलाएर दिएको बताउनु हुन्छ भने व्यावसायि साढे दुई सम्म पनि चावि नपाएको गुनासो गर्दै हुनुहुन्थ्यो । अहिले पसलहरूले चाबि पार्इसकेका छन् ।
यहि विचमा रामपुरमा बिगत २५ बर्ष देखि होटल व्याबसाय सन्चालन गर्दै आएका हेम नारायण श्रेष्ठको आकृति होटललाई बन्द गरीएको छ । सन्चालक श्रेष्ठले अहिले लकडाउनका कारण व्यावसाय सन्चालन नगरेको साथमा आफ्नै घर भएकाले खाना त्यहि ठाउँमा पकाउने गरेको बताउनु हुन्छ । आफ्नै घरमा बसेका बेला विहान करिव ८ बजे तिर नगरपालिकाका उपप्रमुख , ईलाका प्रसासन कार्यलयका प्रमुख,प्रहरि ,कृषी तथा पशुशाखा कार्यलयका प्रतिनिधि वडाध्यक्ष, लगाएतले अनुगमनका क्रममा पसल तथा होटल सिल्ड गरेको हो । नगरपालिकाले आन्य पसलको केहि कागजात नभएकाले केहि समय सिल्ड गरेको गरिएपनि आफ्नो सबै कागज पत्र भएको भन्दै सिल्ड गरेकोमा दुख व्यक्त र्गनु भएको छ । घरेलु तथा साना उद्योग कार्ययालय तानसेन कर कार्यलय र्दता गरि सवै ठाउँमा नविकरण समेत गरेको छ । भन्दै नगरपालिकामा मात्र र्दता नगरीएको र त्यस विषयमा आफूलाई त्यति जानकारि नभएको भन्दै श्रेष्ले लकडाउन हुन भन्दा केहि दिन अगाडि एक नगरपालिकाको कर्मचारि र्फम र्भन आएको र भरेको र्भने वित्तीकै केहि दिनमै लकडाउन भएकाले प्रकृयामा जान नसकेको भन्दै त्यस्तो अवस्थामा हामि बस्ने खाने ठाउँनै बन्द गरिदिएको भन्दै उहाँले हाम्रो ६ जनाको परिवारले दिउँसो करिव साढे दुई सम्म चापी नपाएकाले खाना पकाउन खान नपाएको भन्नु भएको छ ।
टोलिले राजश्व काटेपछि चावि पाउछौ भनेपछि करिव२ बजे सम्म राजश्व काट्ने नगरपालिक बसेको तर नराजश्व कटानि भयो न कर्मचारि आए भन्दै अर्का फलफूल तथा तरकारि पसलका सन्चालक लाल गोपाल बस्यालले हामीलाई नगरपालिकाले दुख दियो नत तपाईले पसल दर्ता गर्नुस भनि सुझावनै दियो नत कुनै नगरपालिकाका तर्फबाट कुनै चेतावनि पत्रनै दियो सिधै आएर सिल्ड गरीदियो भन्दै मेरो स्याङ्गजा जगत्रदेवि गल्याङ्गमा र्दता छ रामपुरमा भने नभएको बताउनु भएको छ । लकडाउनको अवधिभर विहान ६ बजे देखि ९ बजे सम्म बजार खुल्ने भनि नगरपालिकाले समय तोकेको अवधिमै पसल खोलेको वस्यालले बताउनु भएको छ ।
नगरपालिका अनुगमन सदस्य एवम् उद्योग बाणिज्य सघं रामपुरका अध्यक्ष भोजेन्द्र प्रकास ढकालले नगरपालिकामा दर्ता गर्न आबश्यक हो तर यो बेला अन्य ठाउँमा र्दता भएको पसललाई सील्ड गर्नु प्राविधिक कमजोरि हो भन्दै यो लकडाउनका बेला खास गरि राज्यले कालोवजारिलाई नियन्त्रण गर्न अनुगमन गर्ने निर्धेषन दिएको बताउनु भएको छ ।उहाँले अाफू अन्य पसल अनुगमनमा सगैँ भएपनि अाकृति खाजाघर अनुगमनका बेला नभएकाे पछि थापा भए सगैँ व्यावसायीकाे तर्फबाट बाेलेकाे बताउनु चावी तुरून्त िदन र िवषम परिस्थिति पछि यस िवषयमा काम गर्ने भनेकाे हुँ उहाँले भन्नु भयाे ।
बजार अनुगमन र्गनु र व्यवस्थीत गर्नु स्थानिय निकायको काम र्कतव्य र अधिकार हो स्थानिय निकायमा व्यावसाय दर्ता गर्नु पर्छ तर यो समय मानीसहरु लकडाउनमा छन् देश पुरै लकडानको अबस्थामा छ यस्तो बेला के दर्ता नभएको भन्दै सिल्ड गर्न उपयुक्त होकि होईन यो प्रश्न भने व्यावसायीहरु विच अहिले र्चचाको विषय बनेको छ । विगत २५ बर्ष देखि एक पसल त अर्को २ पसल करिब डेढ बर्ष देखि व्यासाय गर्दै आएका हुन् यस विचमा नगरपालिकाले कति पटक अनुगमन ग¥यो र यो भन्दा पहिला किन त्यी पसल देखिएनन् र आज विश्व संकटमा परेका बेला मानव जाति नै संकटमा परेर घर बाहिर ननिस्केको बेला के नगरपालिकाले व्यावसाय दर्ता गरिरहेको छ ? यदि गरिरहेको भए हिजो किन राजश्व काट्न पर्छ भन्दै दुई बजे सम्म राखेर कर्मचारि नभएका कारण राजश्व काट्न सकिएन भन्दै र्फिता पठाईयो यी र यस्ता प्रश्नको जवाफ कस्ले दिने यस तर्फ सम्वन्धीत निकायको ध्यान जाओस ।